विद्यालयमा टेलिकमले दियो कम्युटर ल्याव

–विद्यार्थीहरुलाई सुविधा
देवचन्द्र भट्ट
२०८२ असार १९, बिहीबार २०:३६

विदुर–नुवाकोटको त्रिशूलीवजारस्थित एक सामुदायिक विद्यालयमा आइसिटी ल्याव सन्चालन गरिएको छ । यसवाट विद्यार्थीहरुलाई सुविधा पुगेको छ ।

 

उक्त आइसिटी ल्यावको विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठले उद्घाटन गरे ।  उनले अव विद्यार्थीहरुलाई आधुनिक र व्यवहारिक शिक्षाको आवस्यकता रहेको वताए ।
कार्यक्रममा उपमेयर प्रभा वोगटीले अवका वालवालिकाहरुलाई प्रविधिमैत्री शिक्षा अपरिहार्य भइसकेको वताइन् ।
नेपाल दुर संचार संस्थानको सहयोगमा विदुर नपा १ त्रिशूलीमा रहेको नुवाकोटको सवैभन्दा पुरानो अर्थात् २००७ सालमा स्थापित त्रिभुवन त्रिशूली माविमा आइसिटी ल्याव सन्चालन गरिएको हो ।  टेलिकमले सामुदायिक उत्तरदायित्व कार्यक्रमअन्र्तगत स्थापना गरेको सो आइसिटी ल्यावमा १२ थान कम्प्युटर, १२ थान युपिएस, एक थान प्रिन्टर रहेको छ ।
यसअघि, टेलिकमले स्थापना गरेको सो ल्याव नेपाल टेलिकमका वजार अधिकृत थानेश्वर कालाथोकीले विदुर नपाका मेयर राजन श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । मेयर श्रेष्ठले विद्यालयमा आयोजित कार्यक्रममा प्रधानाध्यापक महेन्द्र रावत, वडाध्यक्ष लेनीन रन्जित, सहायक प्रअ राजेन्द्र दवाडीलगायतलाई हस्तान्तरण गरे ।


सर्वाधिक रुचाइएको