ढिकुरेको दुई स्थानमा दन्त शिविर

–सर्वसाधारणले पाए सुविधा
लोकखबर
२०८२ असार २७, शुक्रबार २२:५०

विदुर–सर्वसाधारणको सुविधाका लागि नुवाकोटको ढिकुरेको दुई स्थानमा दन्त उपचार कार्यक्रम गरिएको छ । लिखु गाउँपालिका १ र २ मा उक्त कार्यक्रम गरिएको हो ।
एक सातासम्म सञ्चालित उक्त शिविरमा दन्त समस्याबाट पीडित तीन सय पांच जना सेवाग्राहीले प्रत्यक्ष रूपमा सेवा लिएका छन् । शिविरमा एकसय ११ जनाको दाँतमा सिमेन्ट भरिएको, १ सय १४ जनाको दाँत सफा गरिएको र ८० जनाको कामै नलाग्ने अवस्थाको दाँत निकालिएको आयोजकले जानकारी दिएको छ ।

शिविरमा उल्लेख्य संख्यामा नागरिकले सेवा लिएको र आफ्नो स्वास्थ्यप्रति जनचेतना बढ्दो रहेको लिखु १ का वडाध्यक्ष नरहरि पाण्डेको भनाइ छ । स्थानीय तहसंगको सहकार्य र निजी क्षेत्रको प्राविधिक सहयोगमा सञ्चालित यस प्रकारका शिविरहरू ग्रामीण भेगका नागरिकको स्वास्थ्य पहुँच विस्तारमा प्रभावकारी साबित भएको लिखु गापा अध्यक्ष ध्रुव श्रेष्ठको भनाई छ ।
यस प्रकारका शिविरले गाउंवासीलाई सुविधा दिएका कारण यसलाई अरु समयमासमेत निरन्तरता दिइनु पर्ने लिखु २ का वडाध्यक्ष प्रेमवहादुर थापामगरले वताए । अवका दिनमा समेत गाउँपालिका र स्थानीय वडासंग सहकार्य गरेर आगामी आर्थिक वर्ष २०८२/८३ मा पालिका स्तरमै तीनवटा केन्द्र स्थापना गरेर व्यवस्थित प्रभावकारी रुपमा दन्त सेवा प्रदान गर्ने योजना रहेको आयोजकहरुको भनाई छ ।

 


सर्वाधिक रुचाइएको