स्वास्थ्य र खेल पर्यटनका लागि दौड
बिदुर–खेल पर्यटनका लागि शनिवार नुवाकोटको विदुरमा सामूहिक दौड आयोजना गरिएको छ । दौडिन्छ नुवाकोट, स्वास्थको लागि दौड भन्ने नाराका साथ पहलिो पटक गरिएको दौडमा सयौं जनाले सहभागिता जनाएका थिए ।

कीर्तिमानि धावक बैकुण्ठ मानन्धरसङ्गै नुवाकोटबासी उक्त दौडमा सहभागि भएका थिए । उक्त दौड विदुर नगरपालिका १ त्रिशूली सांघु बजारस्थित एतिहासिक बाटो हुँदै विदुर ४ बट्टार पुरानो बजार पुगेर समाम्त भएको थियो । कुल चार किलोमिटर दुरीको उक्त दौडमा जनप्रतिनिधिका साथै, खेलाडि, शिक्षक, विदार्थी, सर्वसाधारणको सहभागिता रहेको थियो ।

उक्त दौड १५ मिनेटमा पुरा गरेर त्रिशूली वजारमा मनिष श्रेष्ठले नगद पुरस्कार पाए । उनलाई विदुर नपाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटी, किर्तिमानी धावक वैकुण्ठ मानन्धर, विदुर १ का वडाध्यक्ष लेनिन रन्जित, २ का वटाध्यक्ष दीपक कायस्थ, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङलगायतले पुरस्कार र प्रमाण पत्र प्रदान गरे ।

नुवाकोट एथ्लेटिक्स संघको प्राविधिक सहयोगम सन्चालित दौडमा दुई सय जनाको सहभागिता रहेको थियो । स्वस्थ जीवनशैली र खेल पर्यटनका लागि यस प्रकारका कार्यक्रमले सहयोग पु¥याएको विदुर नपाका मेयर राजन श्रेष्यठले वताए ।

खेल पर्यटनका लागि विदुर नपालेसमेत विशेष गतिविधि गरिरहेको मेयर श्रेष्ठको भनाई छ । किर्तिमानी धाव वैकुण्ठ मानन्धरले खेलकुद मानव जीवनमा स्वास्थ्यवद्र्धक व्यायाम भएका कारण यसलाई निरन्तरता दिइनु पर्ने वताए ।

“दौडिन्छ नुवाकोट” अभियान अन्तर्गत सन्चालित यस दौडले स्वस्थ्यप्रद जीवनशैलीको प्रवद्र्धनका लागि योगदान दिएको उपमेयर प्रभा वोगटीले वताइन् । स्वस्थ्य जीवन र खेल पर्यटनको सन्देश फैलाउने सानो प्रयास स्वरुप “दौडिन्छ नुवाकोट“ अभियान सम्पन्न गरिएको आयोजकले जनाएको छ ।















































