बालविकास सहजकर्ताको तलव वृद्धि

– प्रभावकारी शैक्षिक गतिविधिमा जोड
लोकखबर
२०८२ श्रावण १७, शनिबार १६:३८

बिदुर–प्रभावकारी शैक्षिक गतिविधिमा जाड दिदै नुवाकोटको तारकेश्वर गाउंपालिकाले बालविकास सहजकर्ताको पारिश्रमिकमा वृद्धि गरेको छ । सो गापामा रहेका ३४ वालविकास केन्द्रका ३७ जना सहजकर्ताको मासिक पारिश्रमिक यहि साउनदेखि वृद्धि भएको हो ।

अवदेखि वालविकास सहजर्ताले मासिक रुपमा नियमित  १९ हजार रुपैया पाउने गरि तारकेश्वर गापाले बालविकास सहजकर्ताहरूको पारिश्रमिक वृद्धि गरेको हो । चालु अर्थिक वर्षको बजेटमार्फत सरकारले सहजकर्ताहरूले पाउदै आएको पारिश्रमिकमा मासिक २ हजार वृद्धि गरेको थियो ।
तारकेश्वर गापाले त्यसमा थप दुई हजार रुपैया थप गरि केन्द्रबाट प्राप्त हुने थप अनुदानमा वृद्धि भएको २ हजार समेत गरी समग्रमा ४ हजार वृद्धि भएको ताकरेशवर गापाको शिक्षा शाखाले जनाएको छ । यससंगै तारकेश्वर गापा भित्रका विद्यालयहरूमा कार्यरत ३७ जना बालविकास सहजकर्ताहरूको पारिश्रमिक मासिक  १९ हजार रुपैया कायम भएको गापा अध्यक्ष शिव अधिकारी अविरलको भनाई छ ।
उनले वालविकास सहजकर्ताहरुलाई प्रभावकारी, समसामयिक, व्यवहारिक शैक्षिक गतिविधिमा सक्रिय हुन निर्देशन दिए ।  यसअघि मासिक पारिश्रमिक कम भएको जनाउंदै बालविकास सहजकर्ताहरुले पारिश्रमिक बढाउन आग्रह गरेका थिए ।
अध्यक्ष अधिकारीले उच्च मनोबल र संवेदनशीलताका साथ बाबबालिकाको शैक्षिक विकासमा भूमिका खेल्न सहजकर्ताहरुलाई निर्देशनसमेत दिए  । यससँगै तारकेश्वर गाउँपालिकाले सामुदायिक अध्ययन केन्द्रहरूको बजेटमा समेत वृद्धि गरिएको जनाएको छ ।


सर्वाधिक रुचाइएको