पोषण सम्वन्धि अभिमुखिकरण

– जनप्रतिनिधि तथा कर्मचारी सहभागी
लोकखबर
२०८२ श्रावण २०, मंगलवार १४:३४

बिदुर–जनप्रतिनिधि तथा कर्मचारीवीच नुवाकोटको पञ्चकन्या गाउँपालिकामा पोषण सम्वन्धि अभिमुखिकरण सन्चालन गरिएको छ । यसको प्भावकारी कार्यान्वयनका लागि सक्रियता अपनाइने प्रतिवद्धता जनाएका छन् ।

पन्चकन्या गापाको स्वास्थ्य शाखाद्वारा आयोजित पालिका स्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिलाई पोषण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा जनप्रतिनिधी, कर्मचारी तथा सरोकारवालाको सहभागिता रहेको थियो ।

कार्यक्रममा पोषणको पूर्णता, यसको अपरिहार्यता तथा गुणस्तरियताको विषयमा चर्चा गरिएको थियो । गापा अध्यक्ष तेजबहादुर तामाङ रमेशको अध्यक्षतामा सन्चालित कार्यक्रममा उपाध्यक्ष विमला पाठककेसी, प्रमुख प्रशासकीय अधिकृत हिराधन राइ, विभिन्न वडाका वडाध्यक्षहरु, स्वास्थ्य शाखा प्रमुख हेमनारायण महतो, कार्यपालिका सदस्यहरु, गापाका कर्मचारी र जनस्वास्थ कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

 


सर्वाधिक रुचाइएको