मालिका र पन्चमिलनले जिते फुटसलको उपाधि

– निरमान र अप्रिना भए उत्कृष्ट खेलाडि
लोकखवर खेल संवाददाता
२०८२ श्रावण ३१, शनिबार २३:२८

बिदुर-विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलप्रति जागरुक गराउने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालय फुटसल प्रतियोतिा सम्पन्न भएको छ । छात्र र छात्रावीचको छुट्टाछुट्टै प्रतियोगिताका विजेताले नगद पुरस्कार थापेका छन् ।
नुवाकोट युनाइटेड फुटबल क्लबको आयोजनामा सम्पन्न चौथो एनयुएफसी जिल्लास्तरिय छात्र तथा छात्रा अन्तर विद्यालयस्तरिय फुटसल प्रतियोगिताको शनिवार सम्पन्न फाइनल खेलमा छात्रतर्फ मालिका मावि वेलकोटगढी र छात्रातर्फ पन्चमिलन कलादेव िमावि तारकेश्वरले उपाधि जितेको छ । छात्रतर्फको खेलमा मालिकाले पेनाल्टी सुटआउटमा शुन्यका विरुद्ध दुई र छात्रातर्फ शुन्यका विरुद्ध एक गोलले विजय िभएको हो ।

मालिकाले हिमालयन एकेडेमी र पनचमिलनले जेडी वोर्डिङ स्कुललाई उपविजेतामा सिमित गराएको हो । विदुर नपा–४ बट्टारस्थित फुटसलमा सम्पन्न भएको उक्त प्रतियोगिताको विजेता तथा उपविजेतालाई विदुर नपाकी उपमेयर प्रभा वोगटीले पुर।स्कृत गरिन् ।
वोगटीले खेल जीवनले विद्यार्थी जीवनदेखि नै सकारात्मक र परिवर्तनशील वनाउने र अनुशासनसमेत कायम हुने भएका कारण यसलाई सदैव निरनतरता दिन खेलाडिहरुलाई आग्रह गरिन् । छात्रा पनि खेलमा क्रियाशील भइसकेका कारण यसलाई प्रवद्र्धन गर्न आफुहरु सकारात्मक रहेको वताइन् ।

कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वुद्धिवहादुर प्रधानले खेल र खेलाडिहरुको विकासका लागि सम्वन्धित निकायले खेल गतिविधिलाई प्राथमिकता दिनु पर्ने वताए । पछिल्लो समय नुवाकोटमा खेल पर्यटनमा वढोत्तरी भइरहेको उनको भनाई छ ।
प्रतियोगितामा छात्रतर्फ विजेता मालिका माविले नगद २० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता हिमालयन एकेडेमीले नगद १० हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । छात्रातर्फ विजेता पनचकमिलन कलादेवी माविले नगद १५ हजार रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र तथा उपविजेता जेडी वोर्डिङ स्कुलले नगद सातहजार पांचसय रुपैयाका साथ शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ ।

प्रतियोगितामा छात्रतर्फ उत्कृष्ट खेलाडिमा मालिकाका निरमान तामाङ, उतकृष्ट गोलरक्षकमा सोही विद्यालयका रवि तामाङ, उतकृष्ट प्रशिक्षकमा सोही विद्यालयका प्रदीप नेपाल, सर्वाधिक गोलकर्तामा जेडी वोर्डिङका आवाज राई र उदियमान खेलाडिमा हिमालयन एकेडेमीका सचिन तामाङले पुरस्कार जिते । सवैले नगद एक÷एक हजार रुपैयाका साथ ट्रफि र प्रमाणपत्र पाए । छात्रातर्फको प्रतियोगितामा उत्कृष्ट खेलाडिमा पन्चमिलनकी अप्रिना तामाङ, उत्कृष्ट गोलरक्षकमा सोही विद्यालयकी एलिना तामाङ, उत्कृष्ट प्रशिक्षकमा सोही विद्यालयका सुविन्द्र तामाङ, सर्वाधिक गोलकर्तामा अर्किड एकेडेमीका क्रितिका लामा र उदियमान खेलाडिमा जेडी वोर्डिङ स्कुलकी साहिना धितालले पुरस्कार जितिन् । सवैले नगद एक/एक हजार रुपैयाका साथ ट्रफि र प्रमाणपत्र पाए ।

खेल अवधिभर अनुशासित टिममा गुडविल एकेडेमीले पुरस्कार पाएको छ । प्रतियोगितामा १२ स्थानीय तह रहेको नुवाकोटका विभिन्न ३३ विद्यालयबाट ३६ छात्र र १४ छात्रा टिमसहित चार सय जना खेलाडिहरुको सहभागिता रहेको आयोजक नुवाकोट युनाइटेड फुटबल क्लबका अध्यक्ष रामकुमार कोइरालाले जानकारी दिए ।

खेल अवधिभर सवै खेलाडिहरुको जनही एक/एक लाखको विमा गरिएको थियो । खेल समापन कार्यक्रममा विदुर नपा १ का वडाध्यक्ष लेनिन रञ्जित, तारकेश्वर गापा १ का वडाध्यक्ष चक्रवहादुर तामाङ, जिल्ला खेलकुद विकास समितिका पुर्व अध्यक्ष वुद्धिवहादुर प्रधान, विदुर नगर खेलकुद विकास समितिको संयोजक अच्युतराज महन्तगिरी, फुटवल संघका वागमति प्रदेश समितिका उपमहासचिव सुरजप्रसाद श्रेष्ठलगायतले सहभागी विद्यार्थी खेलाडिहरुलाई अनुशासित भएर स्वच्छ प्रतिस्पर्धा गर्दै उत्कृष्ट प्रस्तुति देखाउन सफल भएको प्रशंसा व्यक्त गरे ।

कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी खेलाडी, सर्वसाधारणको सहभागिता रहेको थियो । यस प्तियोगिताले छात्रा पनि खेल कौशलमा क्रियाशील छन् भन्ने प्रमाणित गरेको आयोजकले जनाएको छ । लिगकम नकआउटका आधारमा खेलाइएको उक्त प्रतियोगिता अवधिभर प्रत्येक विद्यार्थी खेलाडिहरुको विमा गरिएको थियो ।


सर्वाधिक रुचाइएको