विद्यालयलाई कम्युटर हस्तान्तरण

बिदुर–आधुनिक शिक्षामा जोड दिदै नुवाकोटको पश्चिमी भेग किम्ताङमा रहेको एक विद्यालयलाई कम्प्युटर प्रदान गरिएको छ । यसवाट सो विद्यालयमा आधुनिक शिक्षा र प्रविधिका लागि सहज भएको छ ।
म्यागङ गाउँपालिका २ किम्ताङमा रहेको सानोकिम्ताङ्ग माविलाई आधुनिक सूचना प्रबिधिको युगमा सहजीकरणका लागि मंगलवार दुई थान कम्युटर हस्तान्तरण गरेको छ । नुवाकोटमा सामाजिक अभियानमा क्रियाशील यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टले उक्त सामग्रीहरु हस्तान्तरण गरेके हो । ट्रष्टका महासचिव तथा संविधान सभा सदस्य जगदीश्वरनरसिंह केसीले म्यागङ २ का वडाध्यक्ष कमल तामाङमार्फत उक्त विद्यालयलाई उक्त कम्प्युटर हस्तान्तरण गरेका हुन् ।
ग्रामीण भेगका विद्यार्थीले उक्त कम्प्युटरको प्रभावकारी रुपमा सदुभोग गर्दै आफ्नो ज्ञानको क्षेत्रलाई बढाएर फराकिलो पार्दै वर्तमान समय सुहाउँदो सूचना प्रबिधिको युगमा आफुलाई उभ्याउन सफल हुने केसीले विश्वास व्यक्त गरे । कसीले ट्रष्टले अभियानलाई निरन्तरता दिइरहेको पनि वताए ।
ट्रष्टका अध्यक्ष डा. केदारनरसिह केसीले डेढ दशकदेखि ट्रष्टले शिक्षा, स्वास्थ्य र सामाजिक विकासमा गतिविधि गरिरहेको र यसलाई निरन्तरता दिइने प्रतिवद्धता जनाए । पुर्वमन्त्रि तथा प्रतिनिधि सभा सदस्य अर्जुननरसिंह केसीसहित उनका सात दाजुभाई र परिवारले आफ्ना स्व. मातापिताको स्मृतिमा ट्रष्ट स्थापना गर्दै विगत १५ वर्षदेखि शिक्षा र स्वास्थ्यमा विवित्र कार्य गर्दै आएका छन् ।
ट्रष्टले शिक्षा, स्वास्थ्य र सामाजिक गतिविधिवाट सर्वसाधारणलाई सहयोग पु¥याउंदै आएको सहसचिव सरोज केसीले वताए । उनका अनुसार ट्रष्टको विविध सहयोगले सयौं विद्यालय तथा हजारौं विद्यार्थी र सर्वसाधारणले लाभ लिएका छन् ।