दुई सातामा फुटाइयो भीमकाय ढुंगो

बिदुर–नुवाकोटको उत्तरी भेगमा रहेको वाह्रविसेमा मानव बस्तीमाथिको ठुलो ढुंगो निरन्तर झरिरहेको कारण त्यसलाई दुई सातामा फुटाइएको छ । भीमकाय ढुंगो फुटाउन प्राविधिकसहित दैनिक १० जना परिचालन भएका थिए ।
निरन्तर गाउतीर झरिरहेको उक्त भीमकाय ढुंगोका कारण तल रहेका मानवबस्ती झण्डै एक महिनादेखि निदाउन सकेका थिएनन् । मानवसहित बस्तीको सुरक्षाका लागि उक्त ढुंगो फुटाएर व्यवस्थापन गरिएको तादी गापा अध्यक्ष सन्तमान तामाङले जानकारी दिए ।
तादी गाउंपालिका ४ बाह्रबिसे बस्ती माथिको चारसय ५० घनमिटरको उक्त विशाल ढुङ्गो वर्षातले निरन्तर सरिरहेको कारण कम्प्रेशर, ड्रिल मेशिनका साथै, जाली, तेल, डोरीलगायतका सात प्रकारका उपकरणसहितका सामान लिएर दैनिक रुपमा १० जनाको टोली निरन्तर खटिएर ढुंगो फुटाएको गापा विपद व्यवस्थापन समितिका अध्यक्षसमेत रहेको गापा अध्यक्ष तामाङले वताए । उक्त ढुंगो १५ मिटर बस्तीतर्फ झरेको र अझै पनि झर्दै गरेको ढुंगाको व्यवस्थापनका लागि जिल्ला बिपद व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहितको टोलीले तीन साता अगाडि स्थलगत अध्ययन गरेको थियो ।
उक्त समितिलाई पालिका बिपद व्यवस्थापन समितिकाका अध्यक्ष तथा तादी गापा अध्यक्ष सन्तमान तामाङको अध्यक्षतामा वसेको वैठकले ढुंगाको फुटाएर वस्ती सुरक्षित र ढुंगाको व्यवस्थापन गरि तलतिर रहेको मानव बस्ती सुरक्षित गर्ने निर्णय गरेको थियो ।
समितिका अध्यक्ष तथा प्रजिअ घिमिरेको समन्वयमा त्रिशूली थ्रिवि जलविद्युत आयोजनाबाट विशेष उपकरणसहितको टोलीले ढुंगा चट्टान फुटाउने काम मंगलवार सम्पन्न भएको तादी गापा कार्यालय खरानीटारले जनाएको छ । विशेष मेशिन उपकरण र खटिएका जनशक्तिले गत साउन २८ गतेदेखि उक्त ढुंगा फुटाउने कार्य सुरु गरेकोमा दुई सातामा सम्पन्न गरेका हुन् ।
गाउंपालिकाको खर्चमा उक्त ढुंगो फुटाएर व्यवस्थान गर्न झण्डै २५ लाख रुपैया खर्च भएकोे अध्यक्ष तामाङले वताए । ढुंगो फुटाउने कार्य सकिएसंगै स्थानीयवासीहरुले चैनको स्वास फेरेका छन् ।
समयमा जोखिम नियन्त्रण गरिएकोमा गाउंवासी निकै खुसी भएको वडाध्यक्ष अश्विनकुमार पाण्डेले वताए । उनका अनुसार उक्त ढुंगोको मुनी स्थानीय सुरेन्द्र तिमिल्सिना, अमरवहादुर श्रेष्ठ, मीनवहादुर श्रेष्ठ, अमृतलाल श्रेष्ठ, रामहरि पण्डित, हेमा तामाङसहित स्थानीयको आठघर जोखिममा परेको थियो ।
यसअघि, उक्त स्थलमा पुगेर जिल्ला विपद व्यवस्थापन समिति तथा जनप्रतिनिधिसहितको टोलीले स्थलगत निरीक्षण तथा अवलोकन गरेर ढुंगा फुटाउनु नै एकमात्र विकल्प रहेको ठहरसहित प्राविधिकसहितको टोलीले ढुंगा फुटाएर वस्ती सुरक्षित गरिएको गापा अध्यक्ष सन्तमान तामाङको भनाई छ ।
वर्षातका कारण उक्त ढुंगो निरन्तर तल सरिरहेको थियो । फुटाउन थाल्नु भन्दा अगाडि पनि निरन्तर सरिरहेको थियो ।
मानव वस्तीदेखि दुई समय मिटर माथि रहेको उक्त ढुंगो सर्दै गरेको र वरिपरिका जमिनसमेत चिरा परेको कारण फुटाएर त्यसलाई व्यवस्थापन रु गरिएको गापा कार्यालय खरानीटारले जनाएको छ । उक्त भीमकाय ढुंगोदेखि दुई सय मिटर तल मानव वस्ती रहेको छ ।
ढुंगो सर्दै गरेपछि स्थानीय आठ घर परिवार एक महिनादेखि तनावमा रहेका थिए । ढुंगो फुटाउनु अगाडि तल रहेका मानव वस्तीहरु निदाउनसमेत नपाएको गापा अध्यक्ष तामाङले वताए ।
स्थानीयवासीले ढुंगो झरिरहेका कारण तल रहेका घरका मानिसहरु आलोपालो गरेर राती पालो पहरा गर्ने गरेका थिए । उक्त भीमकाय ढुंगोदेखि तलको वस्ती जोखिमपुर्ण रहेका कारण फुटाएर व्यवस्थापन नगरेसम्म जोखिमपुर्ण घरमा नवस्न आग्रह गरिएको थियो ।
कतिपयले अस्थायी रुपमा ढुंगोदेखि सुरक्षित स्थानमा पुगेर रात कटाउनसमेत थालेका थिए । उक्त ढुंगो फुटाउने कार्यसमेत निकै जोखिमपुर्ण तरिकाले सम्पन्न गरिएको र आवतजावत गर्दासमेत सचेत रहन आग्रह गरिएको वडाध्यक्ष अस्विनकुमार पाण्डेको भनाई छ ।
ढुंगाले मानव वस्ती, जलविदुत आयोजना, सिंचाई र सडकमार्गलाई जोखिखमा पारेको थियो । दुई साता लगाएर भीमकाय ढुंगो फुटाएपछि सवै स्थान सुरक्षित भएको प्रजिअ शशिधर घिमिेले वताए ।
वर्खाको समयमा आम सर्वसाधारणलाई निकै सचेत हुने आग्रह गरिएको पाण्डेले वताए । तादी नुवाकोटको पर्यटकिय स्थान हो ।