पेन्टाथलोन संघको भेला

बिदुर–नेपाल मोर्डन पेन्टाथलोन संघ नुवाकोट जिल्ला भेला सम्पन्न भएको छ । भेलाले नयां कार्यसमिति निर्विरोध चयन गरेको छ ।
नुवाकोट जिल्ला खेलकुद विकास समितिका जिल्ला अध्यक्ष विजय गुरुङ र नेपाल मोर्डन पेन्टाथलोन केन्द्रीय कमिटिकी उपाध्यक्ष तथा प्रतिनिधि इन्दिरा निरौलाको आथित्यतामा वुधवार कोलोनीमा नेपाल मोर्डन पेन्टाथलोन संघ नुवाकोट जिल्ला कार्यसमितिको भेला सम्पन्न भएको छ । भेलाले विदुर नपा १ त्रिशूलीवजारमा प्रज्वल सापकोटाको अध्यक्षमा सात सदस्यीय कार्य समिति निर्विरोध चयन गरेको छ ।
भेलाले उपाध्यक्ष, सचिव र कोषाध्यक्षमा क्रमशः रुपक पौडेल, प्रसन्न थिङ र अपेक्षा प्याकुरेललाई चयन गरेको छ । सदस्यहरुमा सुवास पाण्डे, राजनप्रसाद अधिकारी र पुष्पा धमलालाई चयन गरेको छ ।
प्रदेश तथा केन्द्रीय प्रतिनिधिहरुमा अध्यक्ष प्रज्वल सापकोटा र सदस्य सुवास पाण्डे चुनिएका छन् । मोर्डन पेन्टाथलोन एथ्लेटिक्स, पौडी, सुटिङ, फिनिसिङ, अफट्रयाकललाई ९० मिनेटमा सम्पन्न गरिने आधुनिक खेल हो ।
यो पांचवटा खेलको आधुनिक संयुक्त मिश्रण हो । यसलाई २०२४ को पेरिस ओलम्पिकवाट अन्र्तराष्ट्रिय मान्यता दिइसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विजय गुरुङले जानकारी दिए ।