“आफु एउटा चलचित्र वनाएर नभाग्ने” : निर्माता उपाध्याय

– परिवारै चलचित्रमा सक्रिय
लोकखवर मनोरन्जन संवाददाता
२०८२ भाद्र १२, बिहीबार १९:४७

बिदुर–निर्माणधिन नेपाली चलचित्र “चमेलीको पोइ” का निर्माता रामनारायण उपाध्यायले आफु एउटा चलचित्र वनाएर भाग्ने निर्माता नभएको वताएका छन् । सामाजिक विषयवस्तुलाई जरैदेखि समातेको उक्त चलचित्रको मुल जरो आफुलाई मन परेरै चलचित्र निर्माण क्षेत्रमा आफुले हात हालेको निर्माता उपाध्यायले वताए ।
उनले अहिले नेपालमा कतिपय निर्माताहरु एउटा चलचित्र वनाएर केहि असफल भएपछि फेरी अर्को चलचित्र नवनाउने गरेको पाइएको छ । यद्यपि यस्तो निरासपन हुन नहुने वताउंदै निर्माता उपाध्यायले समय, परिस्थिति र वजारका कारण चलचित्र सफल असफल वा जे भए पनि आफुले भने लगातार दर्शकलाई सोचे अनुसारको चलचित्र वर्षेनी दिइनै रहने वताए ।

आफ्नो टिमले चलचित्रको वजार वुझेर, भगवानरुपि दर्शकहरुको मन जांचेरै पहलिो पटक चलचित्र “चमेलीको पोइ” निर्माण गरेको वताए । उनले पक्कै पनि अनुभवी टिमले तयार गर्दै गरेको यस चलचित्र दर्शकहरुको मुल रोजाइमा पर्ने आफुले विस्वास गरेको कलाकारसमेत रहेका उपाध्यायले वताए ।
आफु र आफ्नो परिवारै कला, संस्कृति र पहिचानको प्रवद्र्धन र संरक्षणका लागि नेपाली चलचित्र क्षेत्रमा सक्रिय भएको वताउंदै निर्माता उपाध्यायले चलचित्र क्षेत्रमा केहि गिनेचुनेका निर्मातावाहेक अधिकांशले एउटा चलचित्र गरेपछि फेरी अर्को चलचित्रमा हात नहाल्ने प्रवृत्तिको आफुले भने चलचित्र वर्षेनी वनाउंदै जाने प्रतिवद्धता जनाए । स्याङजा मुल घर भई भैरहवा र हाल काठमाडौं पासीकोटमा वस्दै आएका इन्जिनियरसमेत रहेका निर्माता उपाध्यायसंगै चलचित्रमा उनकी धर्मपत्नी सुनीता सापकोटासमेत सक्रिय रहेकी छन् ।
२०३३ सालमा स्याङजा पुतलीवजार नगरपालिकाको पेल्काचौरमा जन्मिएका निर्माता रामनारायण उपाध्याय पिता स्व. धमनारायण उपाध्याय र माता सावित्री उपाध्यायका सुपुत्र हुन् । उनी पेशाले मेकानिकल इन्जिनियरसमेत हुन् ।

निर्माणाधिन चलचित्र “चमेलीको पोइ“ नेपालको आकर्षक, पर्यटकिय तथा मनमोहक स्थानमा छायांकन गरि निर्माणको क्रममा रहेको छ । यस चलचित्रमा चर्चित हास्य कलाकार नारायण त्रिपाठी ‘प्रेमचरो‘, सुरक्षा पन्त, मुकुन भुषाल, विल्सनविक्रम राई ‘तक्मेवुढा‘, रविन्द्र झा, प्रेमदेव गिरी, रामनारायण उपाध्याय, गणेश गौतम, अंशु महर्जन ‘हात्ति‘, बबिन राई ‘गल्फने‘ खड्गबहादुर पुन, उमेश राई ‘फुलन्देकी आमा‘, रजनी गुरुङ, सुनीता सापकोटा, मीना शाही, अनुश्का नारायण, मिरा गौतम, अनील गुरुङ, गणेश गौतम, ऋतु मल्लठकुरी , धनलक्ष्मी बोहरा, मिना आर एल शाही ठकुरी, प्रकाश कंडेल, बिनोद बज्राचार्य, कपिल आचार्य, प्रदीपकुमार सापकोटा, सुनीता सापकोटा, रामनारायण उपाध्यायलगायतको अभिनय रहेको छ ।
लामो समयपछि चर्चिक हास्य कलाकार नारायण त्रिपाठीले यसै चलचित्रमार्फत चलचित्रमा कमव्याक गरेको निर्देशक एभरेष्ट सुर्य बोहराले जानकारी दिए । यस चलचित्रको आकर्षक पोस्टरहरु सार्वजनिकसमेत गरिसकिएको छ ।
सार्वजनिक उक्त पोष्टरहरुले चलचित्रको मुख्यपात्रमा मुकुन भुषाल, नारायण त्रिपाठी तथा सुरक्षा पन्त मुख्य भुमिकामा रहेको संकेत दिएको छ । सार्वजनिक पोस्टरवाट चलचित्र चमेलीको पोइको कथावस्तु हास्य जानरा र सस्पेन्स रहेको वुझाएको छ ।

चमेलीको पोइको पटकथा तथा सम्वाद लेखनमा शिवम अधिकारीले सहकार्य गरेका छन् ।  धनलक्ष्मी सिने मेकर्सको प्रस्तुतिमा बनेको चलचित्रमा सुनीता सापकोटा र रामनारायण उपाध्यायले लगानी गरेका छन् ।
यस चलचित्रको कार्यकारी निर्मातामा उदयविक्रम राणा र ऋतु मल्लठकुरी तथा चलचित्रको सहायक निर्मातामा धनलक्ष्मी बोहरा रहेका छन् । “चमेलीको पोइ“ को सहनिर्मातामा यम ओली, सुदीप कुवर, सुमित्रा थापा, नारायण त्रिपाठी, कपिल आचार्य, प्रदीपकुमार सापकोटा छन् । यस चलचित्रको लेखन निर्देशक बोहराले नै गरेका हुन् ।


सर्वाधिक रुचाइएको