अशक्त तथा वृद्धवृद्धाको घरमै पुगेर सेवा

बिदुर–वृद्धवृद्धा तथा अशक्तलाई घरमै पुगेर नुवाकोटको वेलकोटगढी नगरपालिकाको एक वडाले सेवा प्रदान गरिरहेको छ । यसवाट गाउंवासीलाई सुविधा हुनुका साथै घरमै वसेर आधुनिक प्रविधिमा समाविष्ट हुन पाएका छन् ।
वृद्धवृद्धा तथा अशक्तहरुको सुविधाका लागि वेलकोटगढी नपा ८ वडा कार्यालयले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता लिनेहरुलाई सेवा प्रदान गरेको हो । आधुनिक उपकरणसहित सेवाग्राहीको पुगेर वडाले शुक्रवारसम्म दुई सय ६० जनाको वायोमेट्रिकसहितको विवरण संकलन गरिएको छ ।
बेलकोटगढी नपा ८ अन्तर्गत सामाजिक सुरक्षा भत्ताका लागि बायोमेट्रिक गर्न बेशिथोक, बास्थला, आरुबोट, बांझे, पाचखले टोललगायतका स्थानमा घरदैलोमा सेवा प्रदान गरिएको वडाध्यक्ष सुरेश चित्रकारले वताए । उक्त विवरण नवीकरण गर्न बांकी टोलमा पुगेर अmभै एकसय ५० जनाको वायोमेट्रिक गर्न वांकी रहेको र भदौ महिनाभित्र सम्पन्न गरिने वडाध्यक्ष चित्रकारको भनाई छ ।
यसवाट वडा कार्यालय जान नसकेका अशक्त, वृद्धवृद्धा तथा विरामीहरुलाई निकै सुविधा पुगेको छ । गाउंटोल र घरमै पुगेर विवरण संकलन गरिदा सामाजिक सुरक्षा वापतको भत्ताको अन्य विविध कार्यका लागि सहज भएको छ ।
विशेष गरि ज्येष्ठ नागरिक तथा अपांगता भएकाहरुलाई प्राथमिकता दिएर उक्त सेवा प्रदान गरिएको वडान कार्यालयले जनाएको छ । उक्त कार्यमा ६० प्रतिशत वृद्धवृद्धा, अपांगता भएका तथा अशक्त नागरिकहरुको सहभागिता रहेको थियो ।
यसका साथै हाल सामाजिक सुरक्षा भत्ताको नाम दर्ता र वायोमेट्रिकसहित नवीकरण कार्य पनि भइरहेकाले वडामा सम्पर्क गर्न वेलकोटगढी नपा कार्यालय वाघखोरले आग्रह गरेको छ । सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ता र यसको नवीकरणका लागि लाभग्राहीहरुको बायोमेट्रिक प्रमाणिकरणबाट मात्र नवीकरण गर्ने कार्य भइरहेको छ ।