असोज ९ देखि देउराली अर्चले कप फुटवल प्रतियोगिता

बिदुर–खेलको विकास र खेलाडिहरुको पहिचानका लागि नुवाकोटको पुर्वी भेग बेलकोटगढीको अर्चलेमा छैटौँ देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको छ । विजेता र उपविजेता दुवैले नगद पुरस्कार थाप्नेछन् ।
बेलकोटगढी नगरपालिका ६ स्थित अर्चलेमा कन्चना देउराली युवा क्लबको आयोजनामा बडादशैं २०८२ को अवसर पारेर आगामी असोज ९ देखि १३ गतेसम्म सेभन ए साइड छैटौं देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
क्लबद्वारा विदुरमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार क्लवले फुटवल खेललाई ग्रामीण भेगमा गराएर स्थानीय खेलाडिहरुको पहिचान र उत्पादन गर्ने उद्धेश्यले गत २०७५ साल असोजदेखि प्रतियोगिता गथराउंदै आएको छ ।
प्रतियोगिता सन्चालनार्थ कुल नौ लाख ९९ हजार पांचसय रुपैया खर्च हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुने क्लवलाई नगद एक लाख रुपैयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
दोश्रो हुने सिटमलाई ५० हजार रुपैया नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनलिष्ट टोलीहरुलाई नगद ११÷११ हजार रुपैया प्रदान गरिने प्रतियोगिता संयोजक प्रशन्न थिङले जानकारी दिए ।
नव प्रतिभाको पहिचान खेल खेलाडि र समुदाय जोड्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार, उत्कृष्ट गोलरक्षकलाई ३ हजार, उदीयमान खेलाडीलाई २ हजार ५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ट्रफि प्रदान गरिने संयोजक थिङले वताए । प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगदसहित ट्रफी प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागी हुन चाहने क्लव वा फुटवल टिमले आगामी असोज ७ गतेसम्म दर्ता गरिसक्नुपर्ने र दर्ता शुल्क १० हजार रुपैया तोकिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । प्रतियोगितका सम्वन्धमा आयोजित पत्रकार सम्मेलनमा क्लबका तर्फबाट तेजनाथ खतिवडाले सातसय झिल्टुड.मध्येको दुइपीपलको अर्चलेमा रहेको दरबार मल्लकालिन राजाहरुले शासन गर्ने गरेको इतिहासमा उल्लेख गरिएकाले यसको ऐतिहासिक महत्व दर्शाउन र स्थानीय खेलाडिहरुलाई प्रोत्साहन दिई नव प्रतिभाहरुको पहिचानका लागि क्लबले अर्चलेमै प्रतियोगिता आयोजना गरेर इतिहासलाई चिनाउने काम गर्न लागेको जानकारी दिए ।
खेलमार्फत खेलाडि, युवा र समाजलाई जोड्ेर फुटबल खेलको विकास गर्न सकेको खण्डमा समाजलाई समारात्मक रुपमा अघि बढाउने सकिने स्थानीय खेलप्रेमी नारायण नेपालको दावी रहेको छ । २०७६ सालमा स्थापना भएको उक्त क्लबले गत वर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो ।
स्थानीय खेल पर्यटन, व्यवसाय चिनारी, सभ्य र अनुशासित युवा प्रवद्र्धन गरि युवाहरुलाई संगठित गर्नु प्रतियोगिताको उद्धेश्य रहेको अर्का स्थानीयवासी रविन दाहालले जानकारी दिए । बेलकोटगढी नपा ६ मा रहेको उक्त खेल मैदान निर्माणका लागि क्लबले समाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको थियो ।
सोही रकमबाट खेल मैदान निर्माणको केही काम गरिएको थियो । साथै प्रतियोगिका लागि बेलकोटगढी नगरपालिका, वागमति प्रदेश खेलकुद परिषदसहित देश विदेशमा रहेका सामाजिक संस्था तथा व्यक्तिहरुबाटसमेत सहयोगको प्रतिवद्धता आएको क्लवले् जनाएको छ ।
वेलकोटगढी ६ ले वडाले दुई लाख रुपैया विनियोजन गरिसकेको छ । राष्ट्रका लागि खेलाडि तयार गर्नुका साथै सामाजिक सद्भावको अभिवृद्धि र स्वस्थ्य जीवनशैलीको विकासका लागि आयोति उक्त प्रतियोगिताका लागि सहयोगस्वरुप प्राप्त हुने नगद तथा खेल सामग्रीहरुलाई क्लवले सहर्ष स्वीकार गर्ने र कार्यक्रम सफल बनाउने योजना रहेको क्लबले जनाएको छ । पत्रकार सम्मेलनमा क्लबका तर्फबाट तेज खतिवडा, अमृत नेपाल, प्रदीप नेपाल लगायतका खेलप्रेमीहरुले खेल र खेलाडिहरुको विकास र पहिचानका लागि प्रतियोगिता आयोजना गरिएको वताए ।