विद्यालय तथा किसानहरु सम्मानित

– सामाजिक सक्रियताको कदर
लोकखबर
२०८२ आश्विन ८, बुधबार २२:४८

विदुर–  सामाजिक सक्रियताको कदर गर्दै नुवाकोटको लिखुमा बिद्यालय तथा किसानहरुलाई सम्मान गरिएको छ । सामाजिक सक्रियताको कदर गर्दै सम्मानित गरिएको हो ।

ग्रामीण विकास तथा सशक्तिकरण केन्द्र नेपाल (रुडेक नेपाल)ले आफ्नो १७ औ वार्षिक साधारण सभाको अवसरमा बिद्यालयहरुलाई दोसल्ला ओढाउनुका साथै कदरपत्रद्धारा सम्मान गरेको हो । यसका साथै उत्कृष्ट किसान र संस्थाको उत्कृष्ट कर्मचारीलाई सम्मान र संस्थाको सहयोगमा अध्ययन गरी कक्षा १२ उत्तिर्ण भएका बिद्यार्थीहरुको बिदाई, गरिएको छ ।

नुवाकोटमा शिक्षा, स्वास्थ्य तथा विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको रुडेक नेपालले ६ जना किसान र सात वटा विद्यालयहरुलाई सम्मानित गरेको हो । यसरी सम्मानित हुनेहरुमा सुन्तला खेतितर्फ रामप्रसाद मिश्र, थोपा र्सिंचाइतर्फ कुलवहादुर गोतामे, दुगध उतपादन तथा प्रवद्र्धनतर्फ केशव थापा तथा व्यवसायिक तरकारी खेतितर्फ चन्द्रवहादुर तामाङ, राउत तामाङ र दिप मोक्तान रहेका छन् ।

सम्मानित गरिएका विद्यालयहरुमा इन्द्रायणी मावि, राष्ट्रिय मावि, कालिका मावि, उदयजालपा देवी मावि, मंगला मावि, दुपचेश्वर मावि र नव सन्जिवनी मावि रहेका छन् ।

विद्यालयका लागि सम्वन्धित प्रधानाध्यापकहरुलाई सम्मानित गरिएको कार्यक्रम आयोजक रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीले जानकारी दिए ।
कार्यक्रममा संस्थाको सहयोगमा कक्षा १२ उत्तिर्ण विद्यार्थीहरुलाईसमेत सम्मान गरिएको थियो ।

संस्थाले वितेको १६ बर्षदेखी नुवाकोटमा बिशेषगरी सामुदायिक बिद्यालयका शिक्षक शिक्षिकाहरुलाई आधारभुत तथा पुर्नताजगी तालिम, बिद्यार्थीहरुलाई जीवनोपयोगी सिप तथा तालिम, बिद्यार्थीहरुलाई छात्रबृत्ति, स्वास्थ्य शिविर, भौतिक निर्माण, जिविकोपार्जनलगायतका कार्यहरु गर्दै आईरहेको परियोजना अधिकृत हरि लामाले जानकारी दिए ।


संस्थाले दुप्चेश्वर, पन्चकन्या, तादी गाँउपालिकालगायतका बिभिन्न सामुदायिक बिद्यालयको झण्डै दुइ हजार विद्यार्थीहरुलाई कक्षा १२ सम्म निःसुल्क छात्रबृत्ति उपलब्ध गराइरहेको छ । कार्यक्रममा संस्थाका कोषध्यक्ष शोभा पण्डितले आर्थिक बर्ष २०८१/०८२ को कुल ४ करोड २९ लाख ११ हजार पैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेकोमा साधारण सभाले पारित गरेको छ ।


उक्त कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रबिक्रम सिंहठकुरीले रुडेक नेपालले लामो समर्यदेखि ग्रामीण विकास, शसक्तिकरण, शिक्षा, स्वास्थ्य, महिला उत्थान, कृषि तथा आयआर्जनजस्ता विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउँदै आएकोमा प्रशंसा गर्दै निरन्तर सेवाका लागि आग्रह गरे । कार्यक्रममा दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकरबहादुर थापा, उपाध्यक्ष माकुरी तामाङ, पञ्चकन्या गापाकी उपाध्यक्ष बिमला पाठककेसीलगायतले शिक्षा, स्वास्थ्य तथा आधारभुत आधार तय गरि जनताको विकास र उत्थान भइरहेको वताए ।


सर्वाधिक रुचाइएको