प्रताप र समिक्षाको बयान

बिदुर- नुवाकोटका विभिन्न स्थानमा खिचिएको ‘बयान’ बोलको सांगीतिक गीतको भिडियो नुवाकोटको वट्टारमा सार्वजनिक गरिएको छ । यसमा स्थापित गायक प्रताप दास र चर्चित गायिका समिक्षा अधिकारीको स्वर रहेको छ ।
नुवाकोटको विदुर, वट्टार, त्रिशूली, कोलोनीलगायत विभिन्न आकर्षक तथा पर्यटकिय स्थानमा छायांकन गरिएको उक्त गीतको म्युजिक भिडियो कार्यक्रमकावीच वट्टारवजारस्थित शिवालय सिनेप्लेक्समा सार्वजनिक गरिएको हो । उक्त म्युजिक भिडियोमा आवद्ध कलाकार तथा निर्मातालगायतले गीतको भिडियो सार्वजनिक गर्दै जीवनमा संघर्ष, लगाव, मेहनत तथा त्यागलाई आत्मसात गरेमा जीवन सफल हुने सन्देश दिइएको वताए ।
विदुर नपा १२ का सन्तोष सरगम अधिकारी, प्रियना आचार्य मुन्नीको अभिनयलाई उक्त म्युजिक भिडियोले प्रमुखता दिएको छ । उक्त गीतको शब्द रचना र निर्माण अधिकारीले गरेका हुन् ।
उक्त गीतलाई सरोज पोखरेलले संगीत भरेका हुन् । रोशन दासले निर्देशन गरेको म्युजिक भिडियोमा जीवन र सफलताको कथा देखाइएको छ ।
नितेश घतानले छायांकन गरेको भिडियोको सम्पादन बिनोद बमले गरेका हुन् । म्युजिक भिडियोमा रचनाकार तथा निर्माता सन्तोष सरगम अधिकारी, प्रियना आचार्य मुन्नीलाई नारायण बिक, रुपा पुडासैनीलगायतले साथ दिएका छन् ।
अधिकारीको यो पहिलो म्युजिक भिडियो हो । भिडियोमा सन्तोष र प्रियनाको केमेस्ट्री देखाइएको छ । सन्तोषकै निर्माणमा बनेको भिडियो सरोज पोखरेलको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
भिडियोमा नुवाकोटका बिभिन्न पर्यटकिय तथा रमणीय स्थानहरु देखाइएको छ । म्यूजिक भिडियोका निर्माता र रचनाकार अधिकारी बट्टारस्थित शिवालय सिनेप्लेक्सका सञ्चालकसमेत हुन् ।
यसवाहेक अधिकारी गायनमासमेत सक्रिय रहेका छन् । नेपाली समाजको भावनात्मक र मायाप्रितीका कथावस्तुमा आधारित उक्त म्युजिक भिडियोले दर्शकको मन उचाल्ने अपेक्षा गरिएको छ ।
उक्त म्युजिक भिडियोको निर्माण संयोजकमा पुर्णमान श्रेष्ठ रहेका छन् भने पोस्ट–प्रोडक्सन रेज इन्टरटेन्मेन्टमार्फत गरिएको हो । निर्माण पक्षका अनुसार ‘बयान’ म्युजिक भिडियोले संघर्ष र समयको सन्तुलनलाई उचाइमा पु¥याउने अपेक्षा गरिएको छ ।