जिलिङको वडावाटै सामाजिक सुरक्षा भत्ता

– वृद्धवृद्धा तथा लाभग्राहीलाई सुविधा
लोकखबर
२०८२ आश्विन १२, आईतवार २२:१५

बिदुर– सेवाग्राहीहरुको सुविधाका लागि नुवाकोटको वेलकोटगढी नगरपालिकामा वडावाटै सामाजिक सुरक्षा वापतको भत्ता वितरण गरिएको छ । यसवाट लाभग्राहीहरु निकै खुसी भएका छन् ।
बडादशैं लागेसंगै वेलकोटगढी नपा ८ को वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता बितरण गरिएको हो । एकैदिन झण्डै तीन सय जनाले उक्त भत्ता वुझेका छन् ।

जेष्ठ नागरिक, ज्येष्ठ एकल महिला, अपाङ्गता भएका नागरिक, एकल महिला, दलित ज्येष्ठ नागरिक, दलित वालवालिकाहरुसमेत गरि सो वडामा चारसय २५ जनाले सामाजिक सुरक्षा भत्ता वापतको रकम लिदै आएका छन् । चाडपर्व लष्यित गर्दै उनीहरुलाई वडा कार्यालय र वडाध्यक्ष सुरेश चित्रकारको निवासमै वोलाएर चालु आवको प्रथम त्रैमासिकको भत्ता वितरण गरिएको वडा सदस्य गणेशकुमार दाहालले वताए ।

वडा सदस्य रमा तामाङले पहिलो चरणमा वडा कार्यालय र दोश्रो चरणमा वडाध्यक्षको घरबाटै समय व्यवस्थापन गरि सामाजिक सुरक्षा वापतको भत्ता बितरण गरिएको वताइन् । वडादशैंमा सामाजिक सुरक्षा वापतको भत्ता समयमै उपलवध गराउने योजना अनुसार हालसम्म दुई सय ९० जनालाई दुई स्थानवाट उक्त भत्ता वितरण गरिएको र वाकीलाई वडादशैलगत्तै वितरण गरिने वेलकोटगढी ८ वडाध्यक्ष सुरेश चित्रकारको भनाई छ ।


सर्वाधिक रुचाइएको