पदक विजेता खेलाडिलाई नगद पुरस्कार

– सम्मानसहित पुरस्कृत
लोकखबर
२०८२ आश्विन १३, सोमबार २१:०८

बिदुर– नुवाकोटको सुर्यगढीमा अन्र्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा विजेता खेलाडिलाई सम्मानित गरिएको छ । नगद पुरस्कारसहित वडा कार्यालयले पुरस्कृत गरेको हो ।
सूर्यगढी गाउँपालिका ३ द्वारा आयोजित कार्यक्रममा चीनको च्छेन्दुमा गत महिना सम्पन्न अन्तर्राष्ट्रिय स्तरको तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक बिजेता ३० वर्षिय कुमार तामाङलाई नगद ५१ हजार रुपैयासहित सम्मानित गरिएको हो । सुर्यगढी ३ का चोकदेका तामाङलाई वडाध्यक्ष पिंगलवहादुर थापामगरले सम्मानसहित चेक रकम प्रदान गरेका हुन् ।

थापामगरले अन्र्तराष्ट्रियस्तरको प्रसितयोगितामा सहभागी भई तामाले देश र आफ्नो जन्मस्थलकै परिचय दिन सफल भएकोका उनको कदरसहित सम्मानित गरिएको वताए । मित्र राष्ट्र चीनमा २०२५ अगस्ट २१ देखि २५ सम्म सम्पन्न एण्टा ग्राण्ड स्ल्याम युथ लिग फाइनलमा नेपालबाट पहिलो पटक भर्चुअल ग्यरोगी (भिआर) इभेन्टमा सहभागिता जनाई स्वर्ण पदक जित्न सफल अन्र्तराष्ट्रिय खेलाडी कुमार तामाङले स्वर्ण पदक जितेर नेपालको मात्र नभई विशेषगरी सुर्यगढी–नुवाकोटको नाम अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न सफल भएकोमा विशेष सम्मान गरिएको हो ।
पुरस्कारसहित सम्मानित खेलाडी कुमार तामाङले खेलकुद क्षेत्रको विकास, प्रवद्र्धन र नयां पुरस्ताका खेलाडीको उत्थानका लागि आफु समर्पित रहने प्रतिवद्धता जनाए । झण्डै दुई दशकदेखि निरन्तर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गर्दै नेपाली खेलकुदलाई पहिचान दिलाउँदै आएका तामाङ तेक्वान्दोका दक्ष निर्णायक रेफ्रिसमेत हुन् ।

२० वर्षदेखि तेक्वान्दो खेलमा आवद्ध तथामाङले राष्ट्रिय र अन्र्तराष्ट्रियस्तरको प्रतियोगितामा विभिन्न पदक जितिसकेका छन् । तामाङले जिल्ला खेलकुद विकास समिति नुवाकोटका सदस्यको रूपमा रहँदै खेलकुदको अनुशासन, विकास र प्रवद्र्धनमा विविध गतिविधि गर्दै आएका छन् ।


सर्वाधिक रुचाइएको