कग्युमोलमलाई किस्पाङ गोल्डकपको उपाधि

– नगद पुरस्कार थापे
लोकखवर खेल संवाददाता
२०८२ आश्विन २३, बिहीबार २१:३७

बिदुर– ग्रामीण भेगमा खेलको विस्तार र खेलाडि पहिचान गर्ने उद्धेश्यले नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङमा सन्चालित फुटवल प्रतियोगिता सम्पन्न भएको छ । विजेता टिमले नगद पुरस्कार जितेको छ ।

समाज सेवा युबा क्लब किस्पाङ ५ मनकामना पुरानो गांउद्वारा आयोजित ’छैटौ किस्पाङ गोल्ड कप’ खुल्ला फुटवल प्रतियोगिताको उपाधि भाल्चेको कग्युमोलम युबा क्लबले जितेको हो । उपाधि विजेता क्लवले उपाधिसंगै ७० हजार सातसय ७७ रुपैया नगद पुरस्कार, शिल्ड, मेडल र प्रमाणपत्र हात पारेको छ ।
किस्पाङस्थि खेल मैदानमा भएको प्रतियोगिताको फाइनल खेलमा घरेलु मैदानमा कग्युमोलम युबा क्लबले रेडपान्डा क्लव डाडागाउं रसुवालाई पराजित गरेको हो ।

उपविजेता रेडपान्डा क्लव डाडागाउले नगद ४० हजार चारसय ४४ रुपैयासहित शिल्ड, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ ।
प्रतियोगितामा विजेता तथा उपविजेता टिमलाई पुर्व कृषि राज्यमन्त्रि तथा वागमति प्रदेश सभा सदस्य राधिका तामाङले पुरस्कृत गरिन् । उनले खेल जीवनले मानवलाई सत्मार्गमा लैजाने वताइन् ।

ग्रामीण भेगवाटै खेलाडिहरुको प्रवद्र्धन तथा पहिचानमा यस प्रतियोगिताले मद्धत गरेको वताइन् । प्रतियोगितामा विजेता कग्युमोलम युबा क्लबका सजन तामाङले उत्कृष्ट खेलाडि, सोही क्लवका प्रतिश घलेले सर्वाधिक गोलकर्ता (२८ गोल) को पुरस्कार थापे । प्रतियोगितामा नुवाकोट र रसुवा विभिन्न ३४ वटा फुटवल टिमको सहभागिता रहेको थियो ।

प्रतियोगिता समापन कार्यक्रममा संविधान सभा सभा सदस्य राममाया वोगटी, पुर्व वागमति प्रदेश सभा सदस्य हिरानाथ खतिवडा, किस्पाङ गापा उपाध्यक्ष अर्जुनप्रसाद न्यौपाने, आयोजक क्लवका अध्यक्ष योवन तामाङलगायतले खेलकुदको चर्चा गर्दै यसले मानव जीवनमा ल्याउने सकारात्मक परिवर्तनको महत्वका सम्वन्धमा आआफ्नो धारणा राखे ।


सर्वाधिक रुचाइएको