स्थगित फुटवल प्रतियोगिताको तयारी

– असोज ३० गतेदखि सुरु
लोकखवर खेल संवाददाता
२०८२ आश्विन २४, शुक्रबार २२:०१

बिदुर-देशमा उत्पन्न परिस्थितिका कारण स्थगित भएकोे नुवाकोटको वेलकोटगढीमा आयोजित सेभेन ए साईड छैटौं देउराली अर्चले कप खुला फुटबल प्रतियोगिताको तयारी सुरु भएको छ । प्रतियोगिता यहि असोज ३० गते विहीवारदेखि पुनः सुरु हुने भएको छ ।

खेलको विकास र खेलाडिहरुको पहिचानका लागि नुवाकोटको पुर्वी भेग बेलकोटगढीको अर्चलेमा छैटौँ देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको हो । विजेता र उपविजेता दुवैले नगद पुरस्कार थाप्नेछन् । बेलकोटगढी नगरपालिका ६ स्थित अर्चलेमा कन्चना देउराली युवा क्लबको आयोजनामा दीपावलीं २०८२ को अवसर पारेर आगामी असोज ३० देखि कार्तिक ४ गतेसम्म सेभन ए साइड छैटौं देउराली अर्चले कप खुल्ला फुटबल प्रतियोगिता आयोजना गरिएको हो ।
कञ्चना देउराली युवा क्लबद्वारा आयोजित उक्त प्रतियोगिताका संयोजक प्रशन्न थिङ्गका अनुसार स्थगगित उक्त प्रतियोगिता यहि असोज ३० देखि कात्तिक ४ गतेसम्म आयोजना हुनेछ । यसअघि उक्त प्रतियोगिता असोज ९ देखि १३ गतेसम्म सन्चालन हुने तय भएकोमा जेनजी पुस्ताको आन्दोलन र विकसित घटनाक्रमका कारण स्थगित भएको थियो ।

बेलकोटगढी नगरपालिका ६ मा रहेको उक्त क्लबको आयोजनामा अर्चले खेलकुद मैदानमा हुनेछ । क्लबद्वारा दिइएको जानकारी अनुसार क्लवले फुटवल खेललाई ग्रामीण भेगमा गराएर स्थानीय खेलाडिहरुको पहिचान र उत्पादन गर्ने उद्धेश्यले गत २०७५ साल असोजदेखि प्रतियोगिता गराउंदै आएको छ । प्रतियोगिता सन्चालनार्थ कुल नौ लाख ९९ हजार पांचसय रुपैया खर्च हुने आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुने क्लवलाई नगद एक लाख रुपैयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । उपविजेता हुने सिटमलाई ५० हजार रुपैया नगदसहित, ट्रफी, मेडल र प्रमाणपत्र रहेको छ । सेमिफाइनलिष्ट टोलीहरुलाई नगद ११÷११ हजार रुपैया प्रदान गरिने प्रतियोगिता संयोजक प्रशन्न थिङले जानकारी दिए ।

नव प्रतिभाको पहिचान खेल खेलाडि र समुदाय जोड्ने हाम्रो अभियान भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई ३ हजार, सर्वाधिक गोलकर्तालाई ३ हजार, उत्कृष्ट गोलरक्षकलाई ३ हजार, उदीयमान खेलाडीलाई २ हजार ५ सय र अनुशासित टोलीलाई ४ हजार नगदसहित ट्रफि प्रदान गरिने संयोजक थिङले वताए । प्रतियोगिताको म्यान अफ दि म्याचलाई नगदसहित ट्रफी प्रदान गरिने छ ।प्रतियोगिता दुइपीपलको अर्चलेमा रहेको दरबार मल्लकालिन राजाहरुले शासन गर्ने गरेको इतिहासमा उल्लेख गरिएकाले यसको ऐतिहासिक महत्व दर्शाउन र स्थानीय खेलाडिहरुलाई प्रोत्साहन दिई नव प्रतिभाहरुको पहिचानका लागि क्लबले अर्चलेमै प्रतियोगिता आयोजना गरेर इतिहासलाई चिनाउने काम गर्न लागेको जानकारी दिइएको छ । खेलमार्फत खेलाडि, युवा र समाजलाई जोड्ेर फुटबल खेलको विकास गर्न सकेको खण्डमा समाजलाई समारात्मक रुपमा अघि बढाउने सकिने स्थानीय खेलप्रेमी नारायण नेपालको दावी रहेको छ ।

२०७६ सालमा स्थापना भएको उक्त क्लबले गत वर्ष पनि प्रतियोगिता आयोजना गरेको थियो । स्थानीय खेल पर्यटन, व्यवसाय चिनारी, सभ्य र अनुशासित युवा प्रवद्र्धन गरि युवाहरुलाई संगठित गर्नु प्रतियोगिताको उद्धेश्य रहेको अर्का स्थानीयवासी रविन दाहालले जानकारी दिए । बेलकोटगढी नपा ६ मा रहेको उक्त खेल मैदान निर्माणका लागि क्लबले समाजिक सञ्जालमार्फत आर्थिक संकलन गरेको थियो । सोही रकमबाट खेल मैदान निर्माणको केही काम गरिएको थियो । यसका साथै प्रतियोगिताका लागि बेलकोटगढी नगरपालिका, वागमति प्रदेश खेलकुद परिषदसहित देश विदेशमा रहेका सामाजिक संस्था तथा व्यक्तिहरुबाटसमेत सहयोगको प्रतिवद्धता आएको क्लवले जनाएको छ । वेलकोटगढी ६ वडा कार्यालयले दुई लाख रुपैया विनियोजन गरिसकेको छ ।


सर्वाधिक रुचाइएको