बालेन र सुदनलाई कारवाही गर्न माग गर्दै युवा संघ

बिदुर– काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह(बालेन) र हामी नेपालका संस्थापक सुदन गुरुङलाई कारवाही गर्नु पर्ने राष्ट्रिय युवा संघ नुवाकोटले माग गरेको छ । बिदुरस्थित नुवाकोट प्रहरीमा पुगेर कारवाहीका लागि किटानी जाहेरी दिएको हो ।
संघका अध्यक्ष प्रज्वल सापकोटाको नेतृत्वमा गएको टोलीले जिल्ला प्रहरी कार्यालय पुगेर सोमवार ध्यानाकर्षण गराउंदै प्रहरी नायव उपरिक्षक विक्रम लामालाई बालेन्द्र साह (बालेन) र सुदन गुरुङ बिरुद्ध अपराधिक उपद्रव मुद्दामा जाहेरी दिएका हुन् । संघले पक्राउ गरि कारवाही गरिनु पर्ने माग गर्दै लिखित किटानी उजुरी वुझाएको हो ।
साह र गुरुङले देश, जनतालाई र दलहरुलाई अपमान गर्ने गतिविधि गरेको कारण कारवाही गरिनु पर्ने माग गरेको अध्यक्ष प्रज्वल सापकोटाको भनाई छ । प्रजातान्त्रिक मुलुकमा देश र जनताको सम्मान र स्वाभिमानको रक्षाका लागि शाह र गुरुङलाई फत्राउ गरेर कारवाही गर्न माग गर्दै लिखित उजुरी दिइएको अध्यक्ष सापकोटाले वताए ।
उनीहरुले जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी विक्रम लामालाई लिखित जाहेरी बुझाएका हुन् । यस सम्वन्धमा अन्य बुझ्ने कार्य भईरहेको डिएसपि लामाको भनाई छ ।
नुवाकोटसहित देशैभर सार्वजनिक सम्पत्तिमाथी क्षति भएकाले साह र गुरुङविरुद्ध लिखित जाहेरी दिइएको बताउंदै युवा संघ नुवाकोटका अध्यक्ष सापकोटाले प्रहरीले जाहेरी बुझे पनि दर्ता गर्न बाँकी रहेको बताए । देशभर आन्दोलनमा हिंसा भड्काउन भूमिका खेलेको भन्दै युवा संघ नुवाकोटले उनीहरुविरुद्ध जाहेरी दिएको दावी गरेको छ ।