चलचित्रमा ३० वर्ष वढि योगदान गरेकालाई कार्ड
-पाए कार्ड दुई सय ६० जना वढिले

बिदुर– नेपालको चलचित्र क्षेत्रमा ३० वर्ष वढि योगदान गरेकाहरुले परिचयसहितको कार्ड पाएका छन् । यसवाट कलाकारहरुलाई छुट्टै वीमा रकम प्राप्त हुने जनाइएको छ ।
हालसम्म ३० वर्ष चलचित्र क्षेत्रमा योगदान गरेका दुई सय ६० जना चलचित्रकर्मीहरुले उक्त कार्ड प्राप्त गरेको चलचित्र विकास वोर्डले जनाएको छ । उक्त कार्ड प्राप्त चलचित्रकर्मीहरुलाई चलचित्र विकास बोर्डले वार्षिक एकलाख ५० हजार रुपैया वरावरको औषधी उपचार वीमा प्राप्त गर्ने जनाएको छ ।

यस बर्षदेखि घटीमा २० वर्ष चलचित्र क्षेत्रमा योगदान गरेका चलचित्रकर्मीहरुले समेत वार्षिक ७५ हजार रुपैया वरावरको औषधी उपचार वीमा प्राप्त गर्ने गरी ९० जना चलचित्रकर्मीले उक्र कार्ड प्राप्त गरिसकेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ । यसका साथै असोजको अन्तिमसम्म थप एकसय ५५ जना चलचित्रकर्मीले उक्त कार्ड प्राप्त गर्ने जनाइएको छ ।