प्लाष्टिकको फूल उत्पादन, विक्री वितरण र भण्डारणमा रोक
बिदुर– वातावरण संरक्षणमा जोड दिदै नुवाकोटको विदुर नगरपालिमा प्लाष्टिकजन्य फूलको उत्पादन, विक्री तथा वितरणमा रोक लगाइएको छ । विदुर नपाले वातावरण स.रक्षण ऐन अन्र्तगत उक्त निर्णय गरिएकोजनाएको छ ।
नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गरि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन, बिक्री, वितरण वा भण्डारणमा रोक लगाउने निर्णयसहित नेपाल सरकार राजपत्रमासमेत प्रकाशित भइसकेकोले उक्त सूचनाको पालना गर्दै विदुर नपाले सरकारको उक्त निर्णयअनुसार विदुर नपाले निर्णय कार्यान्वयन गराउने उद्धेश्यले नगरवासीलाई सूचित गरेको छ । प्रमुख प्रशासकिय अधिकृत सुभाकर पौडेलले मंगलवार सूचना जारी गर्दै स्थानीय फूल उत्पादनलाई प्रोत्साहित गर्न नगर क्षेत्रभित्र प्लाष्टिकको फूल बिक्री, वितरण तथा प्रयोगमा रोक लगाइएको उल्लेख गरिएको छ ।

प्राकृतिक फूलमालाको प्रयोग गर्न आग्रह गर्दै विदुर नपाले सरकारको निर्णय विपरीत प्लाष्टिकको फूलमालाको बिक्री वितरण तथा प्रयोग गरेको पाइएमा नियमनको दायरामा ल्याइने जनाएको छ । स्थानीय उत्पादन तथा प्राकृतिक स्वदेशी फूलको उत्पादन एवं प्रवद्र्धन गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै विदुर नपाका मेयर राजन श्रेष्ठले प्लाष्टिकको फूलको प्रयोगले वातावरणमा क्षति हुने र माटोमा नकुहिने भएकाले वातावारणीय सौन्दर्यमा समेत नकारात्मक असर पर्ने भएकाले स्थानीयस्तरमा उत्पादित फूलको मात्र प्रयोग गर्न विदुर नगरवासीलाई आग्रह गरेका छन् ।












































