गाउंका युवाहरुलाई खेल सामग्री

बिदुर– गाउंमा खेलकुद गतिविधिमा वढोत्तरी गर्नुका साथै खेलाडिको प्रतिभा पहिचानका लागि नुवाकोटको पश्चिमी भेगमा रहेको तारकेश्वरमा युवाहरुलाई विभिन्न खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको छ । पहिलो चरणमा तारकेश्वर गाउंपालिकाको दुई वडाका ४ युवा क्लबलाई खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको छ ।
युवाहरूको खेलकुद गतिविधिमा प्रोत्साहन गर्दै खेलकुदका विभिन्न प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि तारकेश्वर गापा १ को तीन र तारकेश्वर ५ को एक युवा क्लबलाई विभिन्न खेलकुद सामग्रीहरू प्रदान गरिएको हो । कार्यक्रमकावीच ति खेलकुद सामग्रीहरु तारकेश्वर गापा अध्यक्ष शिव अधिकारी अविरलले हस्तान्तरण गरे ।
उनले खेलकुदमा सक्रियता वढाई युवाहरूको हौसला बढाउने उद्देश्यले खेलकुदमा युवा भन्ने नाराका साथ युवा क्लवलाई खेलकुद सामग्रीहरु हस्तान्तरण गरिएको वताए । उनले खेलकुदमा युवाहरूको सक्रियता, उत्साह र प्रतिभालाई सकारात्मक लिदै खेलकुद सामग्रीहरुको सदुपयोग गरेर खेल गतिविधि गर्न आग्रह गरे ।
खेलकुदले मानवलाई अनुशासितसमेत वनाउने भएका कारण यसवाट युवाहश्र सचेतसमेत रहने अध्यक्ष अधिकारीले वताए । उनले युवा क्लबमा आवद्ध खेलाडिहरूलाई आगामी दिनमा अझ सक्रिय र अनुशासित भएर समाज निर्माणमा लाग्न आग्रह गरे ।
तारकेश्वर १ दाङसिङको सिर्जनशिल समाज सुधार युवा क्लवलाई हस्तानतरण गरिएका खेलकुद सामग्रीहरुमा जर्सि १८ सेट, फूटवल ४ सेट, ब्याडमिन्टन ¥याकेट २ सेट, ब्याडमिन्टन कर्क १० थान, फुटवल ट्रेनिङ कोण १० थान, पम्प एकथान रहेका छन् । तारकेश्वर १ कै सेलडांडाको सेलगाङ युवा समाजलाई जर्सि १३ सेट, फुटवल ४ थान, फुटवल नेट १ सेट र पम्प १ थान प्रदान गरिएको तारकेश्वर खेलकुद शाखाले जनाएको छ ।
यसका साथै तारकेश्वर १ कै जन्तरेस्थित जन्तरेगढी युवा क्लवलाई जर्सि १३ सेट, फुटवल ४ थान, फुटवल नेट १ सेट र पम्प १ थान तथा तारकेश्वर ५ निग्लेनीको सयपत्री युवा क्लवलाई जर्सि १३ सेट, फुटवल ४ थान , फुटवल नेट १ सेट र पम्प १ थान हस्तान्तरण गरिएको छ । खेलकुद सामग्री हस्तान्तरण कार्यक्रममा पालिकाका जन्रतिनिधिहरू, वडाध्यक्षहरू तथा क्लबका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।