प्रतिभा प्रष्फुटनका लागि खुल्ला नृत्य
बिदुर– प्रतिभा पहिचानका लागि नुवाकोटको राइसिङमा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लुकेका प्रतिभाको क्षमता उजागर गर्ने उद्धेश्यले उक्त प्रतियोगिता गरिएको हो ।

तल्लो राईसिङ टोल सुधार समितिको आयोजनामा तिहार तथा छठ, नेपाल संवत ११४६ पर्वको अवसरमा खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको हो । खुल्ला लोकनृत्य प्रतियोगितामा विभिन्न आठ वटा विद्यालयका विद्यार्थीहरु सहभागी थिए ।

प्रतियोगितामा त्रिशूलीवजारस्थित त्रिभुवन त्रिशूली माविले प्रथम, कोलोनीको स्र्पाकल एकेडेमीले दोश्रो, त्रिशूली सामुदायिक वोर्डिङ स्कुलले तृतीय पुरस्कार जितेका छन् । उनीहरुले क्रमशः नौहजार, ६ हजार र तीन हजार रुपैया नगद पुरस्कारका साथै प्रमाणपत्र प्रदान गरे ।

सोही कार्यक्रमकावीच आमाहरुलाई म्युजिकल चेयर, वाहरुलाई घ्याम्पो फुटाई प्रतियोगिता गरिएको थियो । विजेताहरुले तिहारका सामानका साथ भाडावर्तनहरु पुरस्कार प्रदान गरिएको छ ।

लोकनृत्य तथा अन्य प्रतियोगिताहरुमा विजेताहरुलाई युवा सामाजिक अगुवाहरु फैसिंङ तामाङ, श्रीकृष्ण रिजाल, आयोजक संस्थाका अध्यक्ष सुमन आलेमगरलगायतले पुरस्कार प्रदान गरे । टोलको सामाजिक गतिविधिलाई सक्रियतापुर्वक अगाडि वढाउन आफुहरुले सहयोग जारी राख्ने कार्यक्रमका अतिथीहरुले वताए ।















































