चौतारा युवा क्लवलाई फुटवलको उपाधि
बिदुर– फुटवलको विकास र विस्तारका साथै खेलाडिहरुको पहिचान गर्ने उद्धेश्यले नुवाकोटको सेलडांडामा आयोजित फुटवल प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा नुवाकोट र धादिङका विभिन्न फुटवल टिमवीच प्रतिस्पर्धा भएको थियो । सेलगाङ युवा समाजको आयोजनामा तारकेश्वर गाउंपालिका १ सेलडाँडास्थित सेलगाङ खेल मैदानमा सम्पन्न प्रतियोगितामा चौतारा युवा क्लब धादिङले उपाधि जितेको छ ।

तिहारको अवसरमा आयोजना गरेको दोस्रो सेलगाङ कप फुटबल प्रतियोगितामा नुवाकोट र धादिङका ३२ वटा फुटवल टिम सहभागी भएका थिए । महिलाको छुट्टै ६ टिम भिडेको थियो । पुरुषतर्फको विजेता चौतारा युवा क्लब धादिङले नगद ५२ हजार दुई सय रुपैयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता कन्यास्थन युवा क्लबले नगद २६ हजार दुई सय रुपैयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो सेलगाङ कप फुटबल प्रतियोगिताका विजेता तथा उपविजेतालाई तारकेश्वर गापाका अध्यक्ष शिव अधिकारी अविरले पुरस्कृत गरे ।

उनले फुटवल खेललले मानिसमा सकारात्मक भावनाको विकास र अनुशासनमा मद्धत पु¥याउने भएका कारण यसको प्रवद्र्धनका लागि गापालेसमेत सक्रियता देखाइरहेको वताए । अध्यक्ष अधिकारीले युवाहरूको जोशमा अझै ऊर्जा थप्न गाउँपालिकाको तर्फबाट ८० हजार रुपैयाँ उपलब्ध गराउने घोषणा गरे । खेल मैदानको थप स्तरोन्नतिका लागि आगामी वर्षहरूमा बजेट व्यवस्थापन गर्दै जानेसमेत बताए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीतर्फ चौतारा युवा क्लबका मनोज सुनार, सर्वाधिक गोलकर्ता कन्यास्थान युवा क्लबका सुवास तामाङ र उत्कृष्ट गोलरक्षकमा चौतारा युवा क्लबका सागर सुनार भए । सोही प्रतियोगिताको महिलातर्फ लर्केप युनाइटेड युवा क्लब प्रथम भएको छ । लर्केपले नगद पांचहजार रुपैयाका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाएको छ । सेलगाङ युवा समाज दोस्रो भएको छ ।

सेलगाङले नगद तीन हजार रुपैयाका साथ ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार थापेको छ । छिमेकी धादिङ जिल्लालाई समेत समेटेर ३२ फुटवल टिम सहभागी गराई प्रतियोगिता सम्पन्न गरिएको आयोजक सेलगाङ युवा समाजका अध्यक्ष उपास तामाङले वताए ।

तारकेश्वर १ का वडाध्यक्ष चक्रवहादुर तामाङले फुटवल खेलले गाउंमा खेलाडिहरुको लगाव र उत्साह वढिरहेको वताए । उनले तारकेश्वर गापा र वडाको सहयोगमा फुटवल खेलका लागि विभिन्न संरचनाहरु निर्माण भइरहेकोसमेत वताए ।

उक्त सेलडांडा खेल मैदान गत वर्ष स्तरोन्नती गरिएको हो । फुटवल तथा अन्य खेल प्रतियोगिताले तारकेश्वरको गाउँ÷गाउँलाई चिनाउने र खेलमा आवद्ध सवै पक्षसँग समेत सद्भाव र भ्रातृत्व स्थापित गर्ने जनाइएको छ ।




















































