खेलाडिलाई मेयरले गरे व्यक्तिगत सहयोग

– नगद सहयोग हस्तान्तरण
लोकखबर
२०८२ कार्तिक १२, बुधबार २१:३४

बिदुर- नुवाकोटको रातमाटेका खेलाडिहरुलाई प्रोत्साहन स्वरुप आर्थिक सहयोग जुटेको छ । गत साता सम्पन्न फुटवल प्रतियोगितामा विजेता खेलाडिहरुलाई वेलकोटगढी नगरपालिकाका मेयरले व्यक्तिगत रुपमा आर्थिक सहयोग गरेका हुन् ।

खेलाडि युवाहरूको सम्मान राष्ट्रको अभियान भन्ने नारासहित मेयर जगतवहादुर गुरुङले छैटौं देउराली अर्चले कप फुटवल प्रतियोगिताको विजेता बेलकोटगढी नपा ७ स्थित न्यु भिजन युथ क्लवलाई वुधवार ब्यक्तिगत रुपमा २५ हजार रुपैया नगद हस्तान्तरण गरे । उनले ग्रामीण खेलाडिहरुको प्रवद्र्धन तथा पहिचानका लागि आफु सदैव सकारात्मक रहेकोसमेत उनले वताए ।

विजेता न्यु भिजन युथ क्लवका खेलाडीहरुलाई मेयर गुरुङले प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद घिमिरे तथा सरोकारवालाको सहभागितामा उक्त रकम हस्तान्तरण गरे । अधिकृत घिमिरेले खेल क्षेत्रको विकासले सामाजिक सहकार्यको सुरुवात हुनेसमेत वताए ।


सर्वाधिक रुचाइएको