३२ वटा सवारी साधन कारवाहीमा
बिदुर– एक महिनाको अवधिमा नुवाकोटमा विभिन्न ३२ सवारी साधन कारवाहीमा परेका छन् । सोही अवधिमा भएका १३ दुर्घटनामा २० जना घाइते भएका छन् ।
नेपालीहरुको ठुला चाडपर्वहरु वडादशैं, तिहार, छठ तथा नेपाल सम्वतको अवधिमा उक्त कारवाही गरिनुका साथै दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

नुवाकोटमा सन्चालित त्रिदेशयि मार्ग अन्र्तगतको गल्छी–देवघिाट–विदुर–वेत्रावति, पासाङल्हामु मार्गको तीनपिप्लेदेखि वेत्रावति, काठमाडौं प्रवेशका लागि छोटो दुरीको माछापोखरी–टोखा–छहरे–त्रिशूली सडकमार्गका साथै स्थानीय रुटहरुमा चाडपर्वको अवधिमा वस, विद्युतीय माइक्रोलगायत ३२ यातायातका साधन कारवाहीमा परेको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक विनोद ढकालले वताए ।
उनका अनुसार घटस्थापनादेखि छठसम्म १३ वटा विभिन्न यातायातका साधनहरु दुर्घटना हुँदा २० जना घाइते भएका थिए । जसमा २ वटा जिप र २० वटा मोटरसाइकल दुर्घटनामा परेका हुन् ।

यसका साथै विभिन्न गन्तब्यमा आवत जावत गरिरहेका यात्रुहरुले भोग्नु परेका दुखः हैरानीहरु र प्राप्त गुनासो तथा उजुरीहरुलाई कार्यान्वयन गरिएको प्रहरी निरीक्षक ढकालले वताए । एक महिनाको अवधिमा भाडा बढी लिएका दुई वटा बस र ७ वटा विद्युतीय माइक्रोवाट यात्रुसंग लिइएको वढि भाडा फिर्ता गराइएको छ ।
ति सवारी साधनहरुमा यात्रा गरेका ९६ जना यात्रुहरुको बिभिन्न दरले १८ हजार १ सय ६० रुपैया फिर्ता गराई यातायातलाई नियमानुसार कारवाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसका साथै सिट क्षमता भन्दा अत्याधिक बढी यात्रु राखिएका सवारी साधनहरु दुई वटा वस, २ वटा जिप÷ईभीलाई कारवाही गरिएको छ ।

साथै सिट क्षमता भन्दा बढी यात्रु चढाएका १० वटा वस, १३ वटा ईभि/जिपलाई कारवाही गरिएको ट्राफिक प्रहरी निरीक्षक विनोद ढकालले वताए । चाडपर्वको समयमा ६ स्थानमा राखिएका यात्रु सहायता कक्ष तथा १०३ मा आएका गुनासो तथा समस्या समाधान गरिएको ढकालले वताए ।
उनका अनुसार यात्राका क्रममा यात्रुहरुवाट सामान छुटेको भनि ७ वटा उजुरी आएकोमा सबैका सामान फेला पारेर सम्बन्धित व्यक्तिलाई फिर्ता दिइएको छ । सिट क्षमता भन्दा बढी यात्रु चढाएको गुनासोमा २ वटा सवारीसाधनलाई कारबाही गरीएको प्रहरी निरीक्षक ढकालले वताए ।

यसवाहेक तोकिएको भाडा भन्दा बढी भाडा लिएकोे गुनासो आएकोमा छुट्टै २० जना यात्रुको पांचहजार रुपैया फिर्ता गराइएको नुवाकोट ट्राफिक प्रहरीले जनाएको छ । उक्त अवधिमा भएका दुर्घटनाहरुमा प्रहरी घटना स्थलमा खटि गई दुर्घटनामा घाइतेहरुको उद्धारकार्य गरिएको छ ।
चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणका लागी जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा मातहत ट्राफिक प्रहरी पोष्टहरुबाट दैनिक राजमार्ग गस्ती, चालक तथा सह चालकहरुलाई सचेतनामुलक कार्यक्रम तथा चालकसंग ५ मिनेट र यात्रुहरुसंग २ मिनेटको सचेतनामुलक कार्यक्रम प्रदान गरिएको प्रहरी निरीक्षक विनोद ढकालले वताए ।

साथै, सवारी दुर्घटना न्यूनीकरण तथा जनचेतना अभिवृद्धी गर्ने उद्धेश्यका साथ मोटरसाइकल चालकहरुलाई लक्ष्यित गरी हेल्मेट प्रयोगको सम्बन्धमा कार्यक्रम गरिएको छ । जिल्ला ट्राफिक प्रहरीले लिखु गापासंगको सहकार्यमा टोखा–छहरे सडक खण्डको छहरेदेखि ढिकुरेसम्मको वाटोको उपयुक्त ५ स्थानहरुमा जनचेतनामूलक होर्डिङ बोर्ड जडान गरिएको प्रहरी निरीक्षक ढकालले वताए ।














































