आगजनी भएको भवनमा एमाले वैठक
बिदुर– जेनजी पुस्ताले गरेको आन्दोलनका क्रममा आगजनी र तोडफोडका कारण ध्वस्त एमाले नुवाकोटको जिल्ला कार्यालयमा पहिलो पटक औपचारिक वैठक वसेको छ । गत भदौ २४ गते अपरान्ह विदुरस्थित एमाले जिल्ला कार्यालयमा तोडफोड र आगजनी भई ध्वस्त भएको थियो ।

उक्त कार्यालयमा सरसफाई गरि एमाले नुवाकोटले शनिवार पहिलो् पटक औपचारिक वैठक गरेको हो । पार्टी कार्यालयमा सरसफाई र मर्मत कार्य जारी रहेकै अवस्थामा संगठन निर्माण र वर्तमान अबस्थाको बारेमा वृहत छलफल गरिएको एमाले नुवाकोटका अध्यक्ष तथा वागमति प्रदेशका पुर्वमन्त्रि वद्री मैनालीले वताए ।

उनका अनुसार पार्टीलाई गतिशील वनाएर जनतामाझ लैजानुका साथै आम जनभावना अनुसार अगाडि वढ्ने विषयमा सहभागीहरुवीच छलफल भएको हो । एमाले नुवाकोटको आयोजनामा जिल्ला पदाधिकारी, पालिका कमिटिका पदाधिकारी, जनसंगठनका अध्यक्ष र सचिव तथा केन्द्रीय र प्रदेश तहका पदाधिकारी सदस्यहरुको सहभागितामा पार्टीको संगठनलाई गतिशिल र मजबुत बनाउनुका साथै जनताका विषय जनतामाझ पुगेर वुझ्ने विषयमा छलफल भएको अध्यक्ष मैनालीले वताए ।

उनका अनुसार एमाले केन्द्रीय सदस्य तथा नुवाकोट इन्चार्ज केशवराज पाण्डे, केन्द्रीय सदस्य विन्दा ढुंगानालगायतको उपस्थिति रहको वैठकमा देशको पछिल्लो राजनीतिक घटनाक्रम, सरकारका गतिविधि, राष्ट्र, राष्ट्रियता, संविधान र लोकतन्त्रको रक्षा, शान्ति सुरक्षा, भ्रष्टचार नियन्त्रण, सुशासन, रोजगारी र जनताका विविध समस्या समाधानका लागि आवाज बुलन्द गर्ने विषयमा छलफल भएको छ । एमालेको आसन्न ११ औं महाधिवेसनका लागि नुवाकोटमा तयारी स्वरुप विभिन्न कार्यक्रम सुरु गरिएको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीको भनाई छ ।

















































