वैंक तथा वित्तिय संस्थाका कर्मचारी जुटे
बिदुर-नुवाकोटका विभिन्न बैंक तथा बित्तीय संस्था एबं बिमा कार्यालयका प्रमुखहरु ज्ुटेका छन् । उनीहरुले क्लब गठनसहित दर्तासमेत गरेका छन् ।
कार्यरत बैंक, वित्तीय संस्था र बिमा कम्पनीका प्रमुखहरूले पेसागत समन्वय र सामूहिक हितका लागि ‘बिएफआई क्लब’ स्थापना गरेका हुन् । उनीहरुले प्रभु बैंक वट्टारका शाखा प्रवन्धक सुबर्णराज कंडेलको अध्यक्षतामा १३ सदस्यीय क्लव गठन गरेका हुन् ।

क्लबको उपाध्यक्षमा धु्रबप्रसाद पुडासैनी (सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स ), द्वितिय उपाध्यमा माधबप्रसाद अधिकारी (मुक्तिनाथ बिकाश बैक), सचिवमा जीवन बोगटी (एनएमबि बैंक), सहसचिबमा सिरता केसी (नेपाल इन्स्योरेन्स), कोषाध्यक्षमा राजुमान प्रधान (ट्रस्ट माइक्रो इन्स्योरेन्स), सहकोषाध्यक्षमा बिश्वम्बरमानसिंह डङ्गोल (लुम्बिनी बिकास बैंक) रहेका छन् । सदस्यहरुमा कविता श्रेष्ठ (सिटिजन लाईफ इन्स्योरेन्स), संजय पौडेल (गरिमा बिकास बैंक), अर्तिला खतिवडा (मेरो माइक्रो फाइनान्स ), दामोदर पाण्डे (एनएलजि इन्स्योरेन्स), र सुशन श्रेष्ठ (सालिको इन्स्योरेन्स) र सम्झना दवाडी (क्रिष्ट माइक्रो) रहेका छन् ।

बैंक बित्तीय संस्था एबम बिमा मा कार्यरत कर्मचारीको हकहित र आपसी सम्वन्ध बिस्तार गर्नको लागि क्लब गठन गरिएको अध्यक्ष कंडेलको भनाइ छ । नुवाकोटमा आर्थिक कारोबार गर्ने बैंक बित्तीय संस्था तथा बिमाका प्रमुख तथा ग्राहकहरु बीच समन्वय, कार्यक्रम तथा सेवाका कार्यक्रमहरु आदानप्रदान गरि कार्य गर्न र सामाजिक अभिवृद्धिका लागि क्लब गठन गरि सोमवार जिल्ला प्रशासन कार्यालय नुवाकोटमा दर्ता गरिएको सहकोषाध्यक्ष बिश्वम्बरमानसिंह डङ्गोलले जानकारी दिए ।

यसका साथै क्लवले जिल्लामा कार्यरत बैंक, वित्तीय संस्था र बिमा कम्पनीका प्रमुखहरूले पेसागत समन्वय र सामूहिक हितका लागि कार्य गर्ने जनाइएको छ । क्लबले वित्तीय क्षेत्रको विकासमा विभिन्न भूमिका खेल्ने विश्वास लिइएको छ ।











































