लागू औषधसहित दुई युवक पक्राउ
बिदुर- नुवाकोटको वट्टारवजारवाट प्रहरीले प्रतिवन्धित लागू औषधसहित २ जना युवक पक्राउ परेका छन् । युवकको कोठावाट दुई सय थान वढि ट्यावलेट वरामद गरेको छ ।

बिदुर नगरपालिका ९ डिहीबजार स्थायी घर भई विदुर ४ बट्टारवजार डेरा कोठा गरी बस्ने ३५ वर्षिय सन्तोष सार्की र उनका भाई ३३ वर्षिय बसन्त सार्कीलाई प्रतिवन्धित लागू औषधसहित कोठावाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनामएको छ । कोठामा लागू औषध लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटि गएको प्रहरी अधिकृतसहितको टोलीले सन्तोष उनका भाई बसन्त सार्कीलार्ई कोठामा बसी रहेको अवस्थामा फेला पारेर कोठावाट लुकाइछिपाई राखेको अवस्थामा दुई सय थान वढि प्रतिवन्धित लागू औषधसहित पक्राउ गरिएको प्रहरी नायव उपरिक्षक विक्रम लामाले जानकारी दिए ।

प्रहरीलेृ उनीहरुको शरिर तथा कोठा खानतलासी गर्दा कोठामा लुकाईछिपाई राखेको ट्रमाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७७ ट्याब्लेट र स्पास्मो १३५ ट्याब्लेट र प्रयोग गरिएको लागू औषधको खाली पत्ताका खोलहरु समेत वरामद गरि उनीहरुलाई पक्राउ गरी सोमवार नुवाकोट जिल्ला अदालतबाट अनुसन्धानका लागि हिरासतमा राख्न सात दिनको म्याद थप अनुमति लिई हिरासतमा राखेर थप अनुसन्धान कार्य भई रहेको डिएसपि लामाको भनाई छ ।













































