जालपादेवीमा नवनिर्मित शिवकुण्ड हस्तान्तरण

– सहयोगमा निरन्तरताको प्रतिवद्धता
लोकखबर
२०८२ कार्तिक १७, सोमबार २३:००

बिदुर- नुवाकोटको प्रसिद्ध जालपादेवी मन्दिर परिसरमा नवनिर्मित शिवकुण्ड हस्तान्तरण गरिएको छ । शिवकुण्डको निर्माणसंगै जालपादेव िमन्दिरको आकर्षणमा वढोत्तरी आमएको छ ।

विदुर नगरपालिका ५ देवीघाटस्थित त्रिशूली र तादी नदीको संगमस्थलमा रहेको उक्त स्थानमा रहेको प्रसिद्ध जालपादेवी मन्दिरमा थप र विशेष आकर्षणका लागि शिवकुण्ड निर्माण गरिएकोमा सोमवार हस्तान्तरण गरिएको हो । नेपालकै मुख्य ऐतिहासिक तथा धार्मिक जालपादेवी मन्दिरसंगै निर्माण गरिएको शिवकुण्डमा एकसय आठ वटा पानीको फोहोरा सहितको शिव कुण्ड निर्माण गरिएकोमा जालपा क्षेत्र विकास समितिलाई हस्तान्तरण गरिएको हो ।

नेपालकै धार्मिक, ऐतिहासिक तथा पुरातात्विक स्थान एवं प्रसिद्ध शक्तिपीठ जालपादेवीको परिसरमा १०८ पानीको फोहरासहितको शिव कुण्डको निर्माणकर्ता बेलकोटगढी नगरपालिका १३ दाङ्मैका युवक रुपक लोहनीले समितिलाई हस्तान्तरण गरेका हुन् । लोहनीले धार्मिक बिद्यि अनुरुप नवनिर्मित शिवकुण्डको मुर्तिको प्राण प्रतिष्ठा गरि समितिका अध्यक्ष भरतकाजी चित्रकार, उपाध्यक्ष नवीन चित्रकारलगायतका पदाधिकारी, सदस्य तथा देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाललगायतलाई हस्तान्तरण गरेका हुन् ।

उनले सामाजिक सहयोगलाई आफुले निरनतरता दिने प्रतिवद्धता जनाए । उनलाई समितिले विशेष सम्मानसमेत गरेको छ ।
हाल अमेरिकामा वसोवास गर्दै आएका रुपक लोहनीले आफ्नो व्यक्तिगत खर्चमा पानीको फोहारा र रंगीचंगी विद्युतीय संरचनासहितको उक्त शिवकुण्ड निर्माण गरिदिएका हुन् । यसवाट मन्दिरको सौन्दर्यता र पहिचानमा थप विशेषता थपिएको छ ।

भक्तजनहरुसमेत आकर्षित भएका छन् । जालपादेवी मन्दिर त्रिदेशिय सडकमार्ग अन्र्तगत वीरगन्ज–गल्छी–देवीघाट–रसुवागढी सडकमार्गको वीचमा रहेको पर्यटकिय देवीघाट वजारमा रहेको छ ।

उक्त शिवकुण्डमा भक्तजनहरुले सिक्का दान गर्न मिल्ने संरचना वनाइएको छ । सडकमार्गको पहुंचमा रहेका कारण उक्त मन्दिरमा नवरात्र तथा शनिवार, मंगलवार तथा वैशाख शुक्ल पुर्णिमाका दिन विशेष मेला लाग्ने गरेको छ ।

 


सर्वाधिक रुचाइएको