‘कंगाल करोडपति’ बन्ने

– श्रेष्ठको डेब्यु निर्देशन
लोकखबर
२०८२ कार्तिक २२, शनिबार २१:३८

बिदुर– फरक धारमा नयाँ नेपाली चलचित्र ‘कंगाल करोडपति’ निर्माण हुने भएको छ । सिनेमा पाठशालाको ब्यानरमा सो चलचित्रमा राजु श्रेष्ठको डेब्यु निर्देशन रहने भएको छ ।
अनुभवी चलचित्रकर्मी श्रेष्ठले सो चलचित्रको निर्देशन गर्ने भएका हुन् । लामो समयदेखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहँदै आएका श्रेष्ठले निर्माता कैफ खानको साथमा यस चलचित्रमार्फत निर्देशकको रूपमा डेब्यु गर्न लागेका हुन् ।

‘कंगाल करोडपति’ समसामयिक, हास्य, समाजिक सन्देश र जीवनका संघर्षका कथालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्ने तयारीमा रहेको बताइएको छ । चलचित्रको प्रि–प्रोडक्सन कार्य तिव्र गतिमा अगाडि बढिरहेको छ र छायांकनसमेत छिट्टै सुरु गरिने निर्देशक राजु श्रेष्ठको भनाई रहेको छ ।
उनका अनुसार गत वर्षको सफल चलचित्र ‘होस्टेल ३’मा निर्वाह गरेका खलपात्रको भूमिकाबाट दर्शकमाझ चिनिएका अभिनेता उमर खानलाई लिएर ‘कंगाल करोडपति’ घोषणा गरिएको हो । उक्त चलचित्रको निर्माण घोषणा गरिएसंगै विविध कार्य सुरु गरिएको छ ।

चलचित्रमा खानसंगै र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् । यसको कार्यकारी निर्माता मनोज केसी रहेका छन् ।
यस चलचित्रको काठमाडौ, चितवन, रौतहट र नुवाकोटमा छायांकन हुने र लोकेशन हेर्ने कार्य भइरहेको छ । सिनेमा पाठशालाले ‘कंगाल करोडपति’ निर्माण गर्ने औपचारिक घोषणा गरेसंगै यसको अन्य कार्य सुरु भएको निर्माण पक्षको भनाई छ ।

यसअघि दर्जनौ म्युजिक भिडियोको निर्देशन, सफल चलचित्रमा सहायक निर्देशन, व्यवस्थापन, गरिसकेका कलाकारसमेत रहेका निर्देशक श्रेष्ठले वेलकम टु हेम्जाकोट, माईकल अधिकारी, फर्किआउ, एक पल, गोजि रित्तैलगायत दर्जनौ चलचित्रमा काम गरिसकेका छन् ।
राष्ट्रिय खेलाडि उमर खान र डिआईडि रियालिटी शो गरेर भारतबाट आएका पदम लोहारलाई लिएर सो चलचित्र निर्माण घोषणा गरिएको हो । यस चलचित्रमा ७० प्रतिशत अनुभवी, चर्चित र पुराना कलाकार रहनेछन् ।


भ्mण्डै सांढे दुई दशकदेखि चलचित्र क्षेत्रमा सक्रिय श्रेष्ठको डेब्यु फिल्म ‘कंगाल करोडपति’ का निर्माता कैफ खान रहेका छन् । कथा, पटकथा र संवाद सुमन गजमेरले तयार पारेका हुन् ।
फिल्ममा उमर खान र पदम लोहोर मुख्य भूमिकामा देखिनेछन् । निर्देशक श्रेष्ठले अन्य कलाकार छनौट गर्ने कार्य जारी रहेकोसमेत वताए ।

जीवनमा एउटा सामान्य मान्छे करोडपति बन्ने र पछि ‘कंगाल’ बन्ने अवस्थाको कथा समेटिने बताइएको छ । एउटा सामान्य मान्छे करोडपति र कंगाल हुंदाको अवस्थालाई यस चलचित्रमा विशेष र पृथक शैलीमा देखाइने निर्देशक श्रेष्ठको भनाई छ ।


सर्वाधिक रुचाइएको