त्रिशूली, अर्किड र चन्द्रज्योतीले अंक थपे

– शहिद जगतप्रकाश र रणभुवनेश्वरीले अंक वांढे
लोकखवर खेल संवाददाता
२०८२ कार्तिक २२, शनिबार २१:५१

बिदुर-विद्यालयस्तरवाटै खेल क्षेत्रको विकास र विस्तार गर्ने उद्धेश्यले नुवाकोटको वट्टारमा सन्चालित जिल्लास्तरिय अन्तर विद्यालयमा फुटवल प्रतियोगिता अन्र्तगत शनिवार लिग चरणका विभिन्न चार खेल सम्पन्न भएका छन् । तीन खेल छात्र र एक खेल छात्राको फुटवल टिमवीच भएको हो । नुवाकोट फुटवल संघको आयोजनामा जारी यू–१४ छात्र÷छात्रा अन्तरविद्यालय जिल्लास्तरिय फुटबल प्रतियोगिताको शनिवारको पहिलो खेलमा शहिद जगतप्रकाश जग शाह संस्कृत मावि र रणभुवनेश्वरी माविले एक÷एक गोलको साथ खेल वरावरीमा टुग्याएर अंक वरावरी वांढेका हुन् ।

खेलमा शहिद जगतप्रकाश जगका लागि साजन कुमाल र सुनील माझीले एक÷एक गोल गरेका हुन् । रणभुवनेश्वरीका सुनील माझी म्यान अफ दि म्याच भए ।    स्व. खेलाडीहरु अनुपम घलान, आदित्य बलम्पाकी, विकल रेग्मी, दिवस बाँनियाँ, प्रियान्स आचार्य र साईमन योन्जनको स्मृतिमा सन्चालित प्रतियोगिताको शनिवारको दोश्रो खेलमा त्रिभुवन त्रिशूली माविले सोहनराज घले, अजय तामाङ र सुदीप तामाङको एक/एक गोलको मद्धतले प्रतिस्पर्धी जालपादेवी वोर्डिङ स्कुललाई पराजित गरे । जालपादेवीका लागिष् कृष्ण रिमालले सान्त्वना गोल गरे ।

त्रिभुवन त्रिशूलीका सुदीप तामाङ म्यान अफ दि म्याच भए । छात्राहरुवीचको  तेश्रो खेलमा अर्किड एकेडेमीले दाङसिङ माविलाई शुन्य विरुद्ध दुई गोलले पराजित गरि आफ्नो अंक तालिका वढायो ।  खेलमा आफ्नो टिमलाई विजयी वनाउन अर्किडकी कृतिका लामा र जेनिशा श्रेष्ठले  एक/एक गोल गरेका थिए । जेनिशा म्यान अफ दि म्याच भइन् ।

चन्द्रज्योति मावि र स्पार्कल एकेडेमीवीचको आक्रामक र एकतर्फि खेलमा चन्द्रज्योती भारी गोलको वर्षा गर्दै विजयी भएको छ । चन्द्रज्योतीले  स्पार्कललाई शुन्यका विरुद्ध नौ गोलले पराजित गरेको हो । चन्द्रज्योतीका सविन कुमालले ह्याट्रिकसहित पांचर गोल, सितलध्वज कुंवरले ह्याट्रिक तथा सितलकुमार डंगोलले एक गोल गरे । सितलध्वज कुंवरले म्यान अफ दि म्याचको ट्रफि हात पारे ।

विद्यालयदेखि नै फुटबल खेललाई सशक्त र बलियो बनाउन आयोजित प्रतियोगितामा नुवाकोटका संस्थागत र सामुदायिक विद्यालयका छात्रा र छात्र गरि २० टिमको सहभागिता रहेको नुवाकोट जिल्ला फुटवल संघका अध्यक्ष देवनारायण चित्रकारले जानकारी दिए । उनका अनुसार उक्त फुटबल प्रतियोगिताले नयाँ प्रतिभावान खेलाडि उत्पादन गर्न मद्धत गर्नुका साथै यसले नव प्रतिभावान खेलाडीहरुको पहिचानका लागि प्रतियोगिता सन्चालन गरिएको हो ।

उक्त प्रतियोगिता  आगामी मंसिर २ गतेसम्म संचालन हुने आयोजक नुवाकोट फुटवल संघका उपाध्यक्ष अच्युतराज महन्त गिरीको भनाई छ । प्रतियोगिता नुवाकोट आर्दश बहुमुखी क्याम्पसको खेल मैदान बट्टारमा सन्चालन भइरहेको छ ।


सर्वाधिक रुचाइएको