बचत भन्दा दोव्वर लगानी

– चारसय ५५ जना सदस्यमा कारोबार
लोकखबर
२०८२ कार्तिक २५, मंगलवार २१:२९

बिदुर– नुवाकोटको विदुरस्थित एक सहकारीले बचत भन्दा दोव्वर ऋण लगानी गरेको छ  । विदुर नगरपालिका २ बिदुरबजारमा रहेको जयगणेश बहुउद्देशीय सहकारी संस्थाले साधारण सभामा सो लगानी गरेको जनाएको छ ।

सहकारीको १९ औं वार्षिक साधारणसभामा सहकारीले एक वर्षमा ४ लाख ५९ हजार रुपैँया नाफा कमाएको जनाएको छ । उक्त सहकारी संस्थाको प्रतिवेदनअनुसार बचत कुल २ करोड ४५ लाख रुपैँया रहेको अध्यक्ष वैकुण्ठ मिश्रले जानकारी दिए ।
उनका अनुसार सहकारीले आफ्ना सदस्यहरुलाई विभिन्न शिर्षकमा कुल  ४ करोड ७९ लाख रुपैँया ऋण लगानी गरेको छ । सहकारीको शेयर पुँजी २ करोड ६१ लाख २३ हजार एकसय रुपैँया रहेको छ ।
सहकारीले उत्कृष्ट ऋणी मेघनाथ घिमिरे, बचतकर्तामा राजेन्द्रवहादुर वोगटीलाई सम्मानपत्रद्वारा सम्मान गरेको छ । ४ सय ५५ जना सदस्य रहेको सहकारीको १९ औं वार्षिक साधारणसभाले गत आर्थिक वर्षको  प्रतिवेदन र चालु आर्थिक वर्षको कार्ययोजनासहितको प्रस्ताव पारित गरेको सचिव प्रकाशकुमार अधिकारीको भनाई छ ।


सर्वाधिक रुचाइएको