१२ पालिकामा एमालेको प्रदर्शन

– प्रतिगामी षड्यन्त्र भएको आरोप
लोकखबर
२०८२ कार्तिक २५, मंगलवार २१:५३

बिदुर-नेकपा एमालेको जनपरिचालन कार्यक्रम अन्तर्गत मंगलबार नुवाकोटका पालिकामा जनप्रदर्शन गरेको छ । देशमा प्रतिगामी षडयन्त्र भएको आरोप लगाउंदै त्यस विरुद्ध एमालेले देशैभर जनपरिचालन गर्ने निर्णय गरेअनुसार नुवाकोटका १२ वटै स्थानीय तहमा जनप्रदर्शन गरेको हो ।

एमाले नुवाकोटले पालिकाको विभिन्न स्थानहरुमा जुलुश, जन सभा तथा प्रदर्शन गरेको हो । यसअघि वडा र पालिकामा कार्यक्रम गरिसकेको एमाले नुवाकोटले यहि कार्तिक २९ गते विदुरमा वृहत जन सभाको तयारी गरिरहेको अध्यक्ष वद्री मैनालीले वताए ।

एमालेले जिल्ला हुदै राष्ट्रिय रुपमा जनप्रदर्शनका कार्यक्रमसमेत तयारी गरेको केन्द्रीय सदस्य केशवराज पाण्डेको भनाई छ । जनताले देशको संवैधानिक प्रक्रियाका सम्वन्धमा एमालेको कार्यक्रमवाट जानकारी लिइरहेकोसमेत उनको दावी छ ।

जनसभासहित भेलामा भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, संसदको गैरसंवैधानिक विघटन र एमालेको आगामी बाटोका बिषयमा कार्यकर्ताहरुलाई प्रष्ट पारिएको एमालेका अर्का केन्द्रीय सदस्य विन्दा ढुंगानाको भनाई छ । उनले जनसभा तथा भेला कार्यक्रममा नुवाकोटमा जुलुश, मोटरसाइकल ¥यालीमार्फत एमालेको शक्ति प्रदर्शन गरिएको वताइन् ।

नुवाकोटका कतिपय पालिकाहरुमा नारा जुलुससहितका कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा जनतालाई जगाउने नाराहरु लगाइएको एमाले नुवाकोटका सचिवालय सदस्य दीपक कार्कीले जानकारी दिए । सहभागीले नुवाकोटका विभिन्न स्थानमा एमालेको झण्डासहित जनप्रदर्शनमा सहभागी हुनुका साथै, प्रदर्शन, जुलुश, कोणसभा गरि वर्तमान राजनीतिक अवस्थाका बारेमा जनतामाझ धारणा राखिएको एमाले नुवाकोटका उपसचिव राजेन्द्रप्रकाश पाण्डेले वताए ।


सर्वाधिक रुचाइएको