नुवाकोटमा दर्शकसंग ‘परान’ को टिम
बिदुर-प्रदर्शनको तेश्रो सातामा प्रवेश गरेको चलचित्र ‘परान’ को टिमले शनिवार नुवाकोटका दर्शकहरुसंग कार्यक्रम गरेको छ । चलचित्रका मुख्य कलाकारहरु नुवाकोटको बट्टार पुगेर दर्शकहरुसंग वसेर चलचित्र हेरेका छन् । चर्चित हास्य कलाकार दीपक आचार्य (काकु) निर्देशित चलचित्र ’परान’ शुक्रवारदेखि तेश्रो सातामा प्रवेश गरेको छ ।

बट्टारवजारमा रहेको शिवालय सिनेप्लेक्समा पुगेर निर्देशक तथा कथाकार आचार्य, नायिका अन्जना वराइली, कलाकार बविन राई गलफनेलगायत निर्माण पक्षले उक्त चलचित्र हल पुगेर दर्शकहरुसंग चलचित्र हेदै अन्र्तक्रियासमेत गरेका छन् । दर्शकसंग आफ्नै चलचित्रको सेलिव्रेट गरेपछि निर्देशक तथा लेखक दीपक आचार्य (काकु) ले यस चलचित्र आफ्नै कथामा रहेको र चलचित्रले समग्र नेपालको कथा बोलेको वताए । उनले मेरो घरको कथा अव आम नेपालीजनको कथा भएको र देशैभरबाट राम्रो प्रतिक्रिया आइरहेकोसमेत वताए ।

उनले एक किसिमले चलचित्र ’परान’ले सफलता प्राप्त गरिसकेको र यसको सिक्वेल चलचित्र वनाउने संकेत गरेका छन् । पत्रकारहरुसंग प्रतिक्रिया दिदै निर्देशक आचार्यले यस चलचित्रको आफुले दर्शकहरुको प्रतिक्रिया लिने क्रम निरन्तरता नै रहेको र अहिले नै चलचित्र ’परान २’को घोषणा गर्दा हतार हुने वताए । नायिका अन्जना वराइलीले आफुले नयां र पृथक धारको चलचित्र ’परान’मा काम गर्दा विशेष अनुभव भएको वताइन् । यसवाट नेपाली अर्गानिक चलचित्र दर्शककको रुचिको विषय भएको पाइएको वताइन् ।

अर्का कलाकार वविन राई गलफनेले यस चलचित्रले हाम्रो देशको परिस्थितिलाई उजागर गरिदिएको वताए । उक्त टिमले नुवाकोटका दर्शकहरुको उत्साहलाई आभार व्यक्त गरे । नुवाकोटका दर्शकसंग चलचित्र हेरेपछि निर्देशक आचार्य भन्छन्– दर्शकहरुको अपार अनि लगातार पुर्वकको प्रेम नै मेरो सफलता हो, यो तपाईंहरूको माया बिना सम्भव थिएन । निर्मााणताका कस्तो होला? कसरी पार लाग्ला भन्ने थियो, चलचित्रको सफलता अव त्यो शंका सवै दुर भएको छ ।

दर्शकहरूले चलचित्र अवलोकनपछि राम्रो कथा, अभिनय र प्रस्तुति रहेको जनाउंदै निर्माण पक्ष तथा कलाकारलाई धन्यवाद दिएका छन् । चलचित्र परान हेरेपछि दर्शक र कलाकारबीच फोटो सेसन पनि गरिएको थियो । निर्देशक तथा कलाकारहरुले आफ्ना अनुभुति शेयर गरे ।

शिवालय सिनेप्लेक्सका प्रबन्ध निर्देशक सन्तोष अधिकारी ‘सरगम’ ले नुवाकोटका दर्शकलाई चलचित्र हेर्ने अवसर प्रदान गरेकोमा निर्माता र कलाकार टोलीले आभार प्रकट गरे । दर्शकहरूले पनि सिनेप्लेक्सको व्यवस्थापन र चलचित्र प्रदर्शनको निरन्तरतामा सन्तुष्टि व्यक्त गरेका थिए । नीर शाह स्टारर चलचित्र ‘परान’ ले तेश्रो सातामा देशैभर उत्साहजनक प्रदर्शनसहित कमाइ गरिरहेको छ । प्रदर्शनको पहिलो साताभन्दा दोस्रो हुदै तेश्रो सातामा कमाईसमेत आक्रामक गरेको छ ।

नेपालको पारिवारिक कथामा बनेको ‘परान’ मा नीर शाहका साथमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, बुद्धि तामाङ, वविन राई, आर्यदिप आचार्यलगायतको अभिनय रहेको छ । चलचित्रका निर्माता शेखर गोल्छा र रञ्जित आचार्य हुन् । ‘परान’ ले दोस्रो साता ८ करोड रुपैयाँ ग्रस कमाइको आँकडा छुन सफल भएको छ ।

तेस्रो सप्ताहन्तमा ‘परान’ ले कुल ९ करोड आसपास कमाइ गर्ने र १० करोडको आँकडा टाढा नरहेको अनुमान गरिएको छ । देशभरका चलचित्र दर्शकको अपार माया र साथका कारण ‘परान’ शुक्रवारदेखि तेस्रो हप्तामा पनि सफलतापूर्वक प्रदर्शन भइरहेको छ । प्रत्येक हलमा उत्साहित दर्शक र लगातार हाउसफुल शोहरू भइरहेको अवस्थामा आफ्नो हल शिवालय सिनेप्लेक्समा ‘परान’ को थप शोहरु दर्शकहरुमाझ पस्किरहेको सन्चालक सन्तोषसरगम अधिकारी वताउंछन् ।

निरन्तर शो पाइरहेको ‘परान’ ले तेस्रो सप्ताहन्तमा नौकरोड आसपासमा कमाइ गर्न सक्ने अनुमान गर्न सकिन्छ । यो गति कायम रहे, दीपक आचार्य ‘काकु’ निर्देशित फिल्मको लागि १० करोडको आँकडा टाढा छैन । सुरुवाती दिनमा सुस्त व्यापार गरेको ‘परान’ ले ‘वर्ड अफ माउथ’ बलियो हुँदै जाँदा गति लिएको हो । यससंगै अन्य चलचित्रहरु हलहरुमा लागे पनि तीन सातामा प्रवेश गरेको ‘परान’को रफ्तार भने कम भएको छैन ।


























































