चलचित्र संग्रहालयलाई क्यामेरा प्रदान

– वोर्डका अध्यक्ष डिसीलाई हस्तान्तरण
लोकखवर मनोरन्जन संवाददाता
२०८२ कार्तिक ३०, आईतवार २२:२०

बिदुर- चलचित्र संग्रहालयलाई चलचित्रकर्मीहरुले आधुनिक क्यामेरा प्रदान गरेका छन् । चलचित्र विकास वोर्डले निर्माणाधिन संग्रहालयका लागि क्यामेरा प्राप्त भएको हो ।  नेपाली चलचित्र छायांकनमा महत्वपूर्ण पहिचान बनाउँदै आएको क्लासिक सिने युनिभर्स प्रालिले आफ्नो संस्थागत योगदानका रूपमा प्रयोगरत आधुनिक पिएमडव्लु सोनी इएक्स  क्यामेरा चलचित्र विकास बोर्डलाई हस्तान्तरण गरेको हो । उक्त क्यामेरा चलचित्र विकास वोर्डका अध्यक्ष दिनेश डिसीलाई हस्तान्तरण गरिएको छ ।

गत २०५७ साल कार्तिकमा स्थापना भएको क्लासिक सिने युनिभर्स प्रालिले २५ वर्ष पार गरिरहेको अवसरमा सञ्चालक दिवेशकुमार महर्जनले वोर्डका अध्यक्ष डिसीलाई क्यामेरा औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् । ‘दुलही’, ‘सौर्य’, ‘हात लाग्यो शून्य, कसम, नमस्तेलगायत  दर्जनौँ चर्चित नेपाली चलचित्रको छायांकनमा प्रयोग गरिएको उक्त क्यामेरालाई संस्थाको २५ वर्षे सफल यात्रा तथा योगदानको प्रतीकस्वरूप चलचित्र संग्रहालयमा प्रदर्शित गर्नका लागि प्रदान गरिएकोमा वोर्डका अध्यक्ष दिनेश डिसीले आभार व्यक्त गरे ।
संग्रहालयका लागि सो क्यामेरा चलचित्र विकास बोर्डले नेपाली चलचित्र इतिहास संरक्षण तथा संग्रहालय निर्माणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको छ । सोे क्यामेरा निर्माणाधीन चलचित्र संग्रहालयमा  राखिने र यसले नेपाली चलचित्र छायांकनको विकासयात्रा र प्रविधिक इतिहासलाई सजीव रूपमा प्रस्तुत गर्ने जनाइएको छ ।
चलचित्र विकास बोर्ड नेपाली चलचित्रको संरक्षण, प्रवद्र्धन र विकासका लागि निरन्तर अग्रसर रहेको र चलचित्र संग्रहालयका लागि सो क्यमेरा प्रदान गरिएको क्लासिक सिने युनिभर्स प्रालिका चेयरम्यान दिनेशसिंह महराको भनाई छ । वोर्डले विगतमा चलचित्रमा प्रयोग भएका क्यामेरा, स्क्रिफ्टलगायत विभिन्न उपकरणहरु समावेश गरेर चलचित्र संग्रहालय स्थापना गरिरहेको छ ।


सर्वाधिक रुचाइएको