निर्माता संघमा सुव्वा निर्वाचित

– महासचिवमा लामिछाने
लोकखवर मनोरन्जन संवाददाता
२०८२ मंसिर १, सोमबार २२:३२

बिदुर–  नेपाल चलचित्र निर्माता संघको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाले नयां कार्य समिति निर्वाचित गरेको छ । मतदानवाट चलचित्र निर्माता संघको अध्यक्षमा उदय सुब्बा निर्वाचित भएका छन् ।

साधारण सभाले नयां कार्य समिति चयनका लागि सोमबार सम्पन्न नयाँ कार्यसमितिको निर्वाचनमा सुब्बाले एकसय ५३ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका अर्का प्रत्यासी सुनीलकुमार थापाले एकसय २७ मत पाए । महासचिवमा खगेन्द्र लामिछाने निर्वाचित भए । उनले सोही पदका अर्का प्रत्यासी किरण नेपालीलाई पराजित गरे । लामिछानेले एकसय ५२ मत पाउँदा नेपालीले एकसय २५ मत पाए ।

सचिवमा युवराज गिरी निर्वाचित भएका छन् । उनले सोही पदका अर्का प्रत्यासी किसान पोखरेललाई पराजित गरे । गिरीले एक ५९ मत र पोखरेलले एकसय १२ मत पाए । संघको १९ औं वार्षिक साधारण सभाअन्र्तगत नयाँ कार्य समितिको चयउनका लागि गरिएको निर्वाचनमा नवनिर्वाचित अध्यक्ष सुब्बाले एसएस इन्टरटेनमेन्ट प्रालिको प्रतिनिधिको रुपमा अध्यक्षमा उम्मेदवारी दिएका थिए । उपाध्यक्ष, कोषाध्यक्ष, सदस्यहरुमा सर्वसम्मत भएको हो ।

उपाध्यक्षमा रौनकविक्रम कँडेल र ज्योतिराज राई सर्वसम्मत चुनिएका हुन् । कोषाध्यक्षमा रामप्रसाद रिजाल निर्विरोध चुनिए । नौ सदस्य पदका लागि ७ जनाले मात्र आवेदन दिएपछि सबैजना सर्वसम्मत भएका हुन् । निर्विरोध भएका सदस्यहरूमा चुम्बनजंग शाही, टंकबहादुर बुढाथोकी, श्रीधर पौडेल, मनोजकुमार अधिकारी, प्रवीण कार्की, घनेन्द्र थपलिया र राजकुमार पण्डित रहेका छन् ।

साधारण सभाका निर्वाचन मण्डलले सर्वसम्मत भएका पदाधिकारी तथा सदस्यहरूको घोषणा गरेका थिए । निर्माता संघको निर्वाचनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुका काँधमा भारिलो दायित्व रहेको छ ।

स्वच्छ सिर्जना र स्थापित चलचित्र उद्योगका लागि नीति, पैरवी, क्षमता विकास, पेशागत हित र पेशाकर्मीहरु हितका लागि सामूहिक एकताको आवस्यकता रहेको निर्माताहरुको अपेक्षा रहेको छ । चलचित्र उद्योगमा अनुभवी उदय सुब्बाको नेतृत्वको नवनिर्वाचित कार्य समितिले नेपाली चलचित्र उद्योगको संरक्षण, सम्बर्धन र उन्नयनमा महत्वपुर्ण कार्य गर्ने अपेक्षा निर्माताहरुले गरेका छन् ।

 


सर्वाधिक रुचाइएको