विकसित घटनाक्रमका सम्वन्धमा अन्र्तक्रिया

– सुध्रिन र सचेत रहनु पर्ने निष्कर्श
लोकखबर
२०८२ मंसिर ३, बुधबार २३:०४

बिदुर-देशमा विकसित घटनाका सम्वन्धमा नुवाकोटको तादीमा वृहत अन्र्तक्रिया गरिएको छ । उक्त कार्यक्रममा सहभागीहरुले दलहरुप्रति जनताको दृष्टिकोणमा परिवर्तन आएको निष्कर्श निकालेको छ ।

माक्र्सवादी एकता अभियानले ‘जेन्जी विद्रोहपछि विकसित राजनीतिक स्थितिमा वामपंथीहरुको दायित्व’ विषयक अन्तक्र्रियात्मक कार्यक्रममा उक्त विचार आएको हो । सुध्रिनु पर्नेले सुध्रिन र सचेत रहनु पर्नेले सचेत भएर अव जनताको कार्यमा ध्यान दिनु पर्ने समय आएको ठहर गरिएको छ ।

तादी गाउँपालिका ४ सातविसेमा आयोजित कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सल्लाहकार फत्तप्रसाद मैनाली, सस्थाका अध्यक्ष श्रीकान्त पण्डित, बामपंथी बुद्धिजिवी कुमार पण्डित, नेपाली कम्युनिष्ट पार्टीका नेता पल्लवराज पाठक, नुवाकोट जिल्ला संयोजक पुष्प लामिछाने (अरुण), लेखक तथा बामपंथी बुद्धिजी भगवानचन्द्र ज्ञवाली, नेकपा क्रान्तिकारीका केन्द्रीय सदस्य रमेश पौडेल, तादी गाउँपालिका उपाध्यक्ष सञ्जु प्याकुरेलश्रेष्ठ, वडाध्यक्षहरु अश्विनकुमार पाण्डे, बच्चुराम तामाङलगायतले जनताको पक्षमा वृहत रुपमा कार्य गरेर जनताको मन जित्नु पर्ने धारणा राखे । सोही कार्यक्रममा नेपाली कम्युनिष्ट पार्टी बागमति प्रदेश समिति सदस्य लालबहादुर तामाङ, पार्वती पण्डित, शिवपुरीका अध्यक्ष मीनबहादुर तामाङ, वाइसीएल नेपाल वागमति सहसचिव अर्जुन तामाङलगायतले परिवर्तनसंगै नदी खोलामा पानी वहेको आंकलन गर्न सक्नु पर्ने वताए ।

कार्यक्रमका प्रमुख अतिथि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले उनले देशमा अव गणतन्त्र र संविधानको रक्षा गर्नु पर्ने समय आएको वताए । उनले परिवर्तनलाई उचित रुपमा उपभोग गर्न सकनु पर्ने वताए । कार्यक्रममा विभिन्न वाम घटकका प्रतिनिधि, जनप्रतिनिधि, बुद्धिजीवी तथा स्थानीय सरोकारवालाहरूले वामपन्थी शक्ति एकताबद्ध भएर जनताको पक्षमा विशेष नीतिगत तथा राजनीतिक सहकार्य आवस्यक रहेको र यस विषयमा सकारात्मक हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा जेनजी आन्दोलनले उठाएका मुद्दाहरूको समाधानमा सहकार्यको जरुरी, वाम शक्ति एकताको आवश्यकता, जनताप्रतिको उत्तरदायित्वलाई व्यवहारमा उतार्ने साझा प्रतिबद्धतासहित सबै पक्षमा थप मजबुती आवस्यक रहेको निष्कर्श निकालिएको छ ।


सर्वाधिक रुचाइएको