चलचित्र घरलाई अभिमुखिकरण कार्यक्रम

– विकास शुल्क सम्वन्धि प्रशिक्षण
लोकखवर मनोरन्जन संवाददाता
२०८२ मंसिर ९, मंगलवार २३:००

बिदुर–  चलचित्र क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्धेश्यले नेपालका विभिन्न चलचित्र घरहरुलाई अभिमुखिकरण प्रदान गरिएको छ । विकास शुल्क सम्वन्धि प्रशिक्षण दिइएको हो ।

चलचित्र विकास बोर्डले २६ चलचित्र घरलाई विकास शुल्क अभिमुखीकरण समवन्धि तालिम प्रदान गरेको हो । बोर्डले चलचित्र क्षेत्रलाई प्रविधिमैत्री र पारदर्शी बनाउने उद्देश्यसहित सञ्चालन गरेको चलचित्र विकास शुल्क अभिमुखीकरण तथा तालिम अन्तर्गत पहिलो चरणको प्रशिक्षण सम्पन्न भएको हो ।

सात दिनसम्म सन्चालित कार्यक्रमको उक्त चरणमा लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेश तथा बागमती प्रदेशको चितवन गरी देशभरका २६ वटा चलचित्रघरका प्रतिनिधिहरूलाई तालिम प्रदान गरिएको वोर्डले जनाएको छ । तालिममा सहभागीहरूलाई चलचित्र विकास शुल्क पोर्टल प्रयोग विधि, डेटा अभिलेखन र प्रतिवेदन निर्माण, शुल्कको एकीकृत रेकर्ड व्यवस्थापन, कार्यप्रणालीलाई सरल, व्यवस्थित र पारदर्शी बनाउने उपायलगायतका आधुनिक विषयमा प्रशिक्षण दिइएको वोर्डका प्रवक्ता सन्तोषवावु लोहनीले जानकारी दिए ।

उक्त तालिम बोर्ड सदस्य गणेशप्रसाद सुवेदी, अधिकृत दिनेश बानियाँ, प्रविण पाण्डे तथा एष्टर इनोभेसन प्रालिका प्रशिक्षक सेरफ लामाको टोलीले विषय अन्र्तगत रहेर सञ्चालन गरेको थियो । नेपाली चलचित्र क्षेत्रलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यसहित चलचित्र विकास बोर्डले चालु आर्थिक वर्षलाई ‘दक्ष चलचित्रकर्मी, चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष’ घोषणा गरेकोमा सोही अभियानअन्तर्गत बोर्डले आफ्नै प्रमुख आयस्रोत चलचित्र विकास शुल्कलाई डिजिटल र अभिलेखिकृत रूपमा व्यवस्थापन गर्न बनाइएको चलचित्र विकास शुल्क पोर्टलको व्यापक अभिमुखीकरण तथा तालिम सुरु गरेको वोर्डका अध्यक्ष दिनेश डिसीको भनाई छ ।

उनका अनुसार बोर्डले उक्त कार्यक्रममार्फत देशभरका सबै चलचित्रघरलाई अनलाइन प्रणालीमा दर्ता, शुल्क व्यवस्थापनमा दक्ष बनाई चलचित्र क्षेत्रलाई आर्थिक पारदर्शिता, राजस्व संकलन तथा संरक्षण, र सुशासनका दिशामा अगाडि बढाउने भरपर्दो आधार तयार हुने विश्वास व्यक्त गरेको छ । वोर्डले चलचित्रका लागि आधुनिक स्टुडियोका साथै वन्द अवस्थाका चलचित्र भवनहरुलाई सन्चालन गर्ने विशेष नीति अगाडि सारेको छ ।


सर्वाधिक रुचाइएको