साततले र तलेजुको पुर्ननिर्माण सुरु

प्रसिद्ध सम्पदा पुर्ननिर्माण अभियान
देवचन्द्र भट्ट
२०८२ मंसिर १०, बुधबार २२:३५

बिदुर – नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुर्ननिर्माण कार्य सुरु भएको छ । पुननिर्माण कार्यक्रम अन्र्तगत जल सतहको संरक्षणको कार्य अघि बढाउनको लागि शुभसाइतकासाथ भूमि पूजा गरि औपचारिक रुपमा पुर्ननिर्माण कार्यको सुरुवात गरिएको हो ।

सांढे १० वर्ष अगाडिको विनासकारी भुकम्पका कारण नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र प्रसिद्ध साततले दरबार संग्रहालय भत्किएको थियो । उक्त दुवै सम्पदाको वुधवारदेखि पुर्ननिर्माण कार्य सुचारु गरिएको हो ।

जग सतहको संरक्षणको कार्य अघि बढाउनको लागी शुभसाइतसहित पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, उपमेयर प्रभा वोगटीलगायतबाट भूमि पूजा कार्यसहित पुर्ननिर्माणको सुरवात भएको हो । छिमेकी चीन सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको उक्त दुइवटै धार्मिक, सास्कृतिक तथा पुरातात्विक सम्पदाको पुर्ननिर्माण कार्य तिव्र गतिमा अघि बढाउनको लागी विदुर नपाबाट आवश्यक सहयोग तथा सहजिकरण भइरहेको मेयर राजन श्रेष्ठको भनाई छ ।

साततले तथा तलेजुको पुर्ननिर्माण गरि तोकिएको समयसीमा भित्र सम्पन्न गर्नको लागी चीन सरकारका प्रतिनिधिबाट प्रतिबद्धता जनाई विभिन्न चरणका कार्य अघि बढाउने क्रममा आयोजित भूमि पूजामा सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद हुमागाई, निर्माणमा संलग्न चिनियाँ प्रतिनिधिहरु, विदुर २ का वडाध्यक्ष दीपक कायस्थ, १ का वडाध्यक्ष लेनीन रन्जित, सुरक्षा निकाय, सरोकारवाला, स्थानीयबासी, निर्माण कार्यमा खटिएका प्राविधिकलगायत सरोकारवालाहरुको सहभागिता रहेको थियो । छिमेकी चीन सरकारको सहयोगमा पुर्ननिर्माण भइरहेको धार्मिक, साँस्कृतिक तथा पुरातात्विक सम्पदाको पुर्ननिर्माण कार्य तिव्र गतिमा अघि बढाउनका लागि विदुर नपावाट आवस्यक सहयोगहरु निरन्तर उपलव्ध भइरहेको उपमेयर प्रभा वोगटीको भनाई छ ।

गत २०७२ साल वैशाख १२ र २९ गतेको विनासकराी भुकम्पबाट क्षतिग्रस्त भएको साततले दरबार तथा अन्य पुरातात्विवक संरचनाहरुमा क्षति पुगेको थियो । चीन सरकारले पुननिर्माणका लागि प्रतिवद्वता जनाएको १० वर्षपछि पुननिर्माणको काम यसै वर्षबाट सुरु गरेको वडाध्यक्ष दीपक कायस्थको भनाई छ ।

उक्त सम्पदाहरुको छिटो पुर्ननिर्माण गर्न सकेमा आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको उनको भनाई छ । साततले दरबारसहितका संरचनाहरु पुननिर्माण नहुँदा आन्तरिक तथा बाह्य पर्यटनहरुले निर्वाद रुपमा घुमफिर गर्न नपाएकोे स्थानीयवासीको भनाई छ ।

विनासकारी भूकम्पबाट क्षति पुगेको साततले दरबार क्षेत्रस्थित ऐतिहासिक तुलजा भवानी (तलेजु) को मन्दिर र साततले दरबारको पुनर्निर्माण कार्यले औपचारिक रूपमा सुरुवात भएको नुवाकोट दरवार संरक्षण तथा हेरचाह कार्यालयको भनाई छ ।

पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्गले तोकिएको समयसीमाभित्रै गुणस्तरीय काम सम्पन्न गर्नका लागि सबै सरोकारवालाहरूले समन्वय र सहकार्यका साथ काम गर्नुपर्नेमा जोड दिईन् । कार्यक्रममा सहभागी चीन सरकारका प्रतिनिधिहरूले पनि निर्धारित समयभित्रै पुनर्निर्माण सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नुवाकोटको इतिहास र संस्कृतिलाई जीवन्त राख्ने यस पुनर्निर्माण कार्यले नुवाकोटवासीमा उत्साह थपिएको स्थानीय नुवाकोट युवा क्लवले जनाएको छ । साततले तथा तलेजु मन्दिर नुवाकोटको विदुर चोकवाट ६ किलोमिटर उत्तर नुवाकोट टाकुरोमा रहेको छ ।

 


सर्वाधिक रुचाइएको