ककनी डाँडोमा भ्यु टावर निर्माण
बिदुर– नुवाकोटको पर्यटकिय ककनीको डाँडोमा आकर्षक भ्यु टावरसहितको संरचना निर्माण गरिएको छ । उक्त टावरमो उद्घाटन गरि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ ।

सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको आकर्षक पर्यटकिय ककन िगाउंपालिका ५ स्थित ककनीको डाँडोमा पर्यटन प्रवद्र्धनको उद्धेश्यले भ्युटावर र बहुउद्देश्यीय कार्यक्रम हल निर्माण गरिएको हो । बागमती प्रदेश सरकारद्वारा ककनीमा निर्माण गरिएको उक्त भ्युटावर र बहुउद्देश्यीय कार्यक्रम हल मन्त्रिले ककनी गाउँपालिकालाई हस्तान्तरण गरेका छन् ।

बागमती प्रदेश संस्कृति तथा पर्यटन मन्त्रालयद्वारा कुल ५ करोड ८८ लाख रुपैयाँको लागतमा निर्माण गरिएको भ्यु टावर र बहुउद्देश्यीय कार्यक्रम हल ककनी गाँउपालिकालाई हस्तान्तरण गरिएको छ । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले कार्यक्रमकावीच ककनी गापाकी उपाध्यक्ष मिट्ठुमाया तामाङलाई नवनिर्मित भ्यु टावर र बहुउद्देश्यीय कार्यक्रम हल हस्तान्तरण गरे ।

मन्त्रि श्रेष्ठले आन्तरिक तथा वाहय पर्यटन प्रवद्र्धन गरि देशमा आर्थिक परिवर्तन गर्ने योजना रहेको र काठमाडौवाट एक घण्टाको दुरीमा रहेको ककनी हाइटमा भ्यु टावर र बहुउद्देश्यीय कार्यक्रम हल निर्माण गरिएको वताए । उनले पर्यटकिय संरचनाको संरक्षण र सम्वद्र्धन गरि आर्थिक विकास गर्न ककनी गापालाई सुझाव दिए ।

कार्यक्रममा बागमती प्रदेशका सदस्य रमेशकुमार महत, संस्कृति तथा पर्यटन सचिव दीपेन्द्र सुबेदी, ककनी गापाकी उपाध्यक्ष मिठ्ठुमाया तामाङ, पर्यटन पूर्वाधार कार्यालय हेटौडाका प्रमुख रोशन श्रीवास्त , पर्यटन कार्यालय काठमाडौंका प्रमुख पवन पोखरेल, विभिन्न वडाका वडाध्यक्षहरू, जनप्रतिनिधि, सरोकारवाला तथा सर्वसाधारणको सहभासिगता रहेको थियो । पर्यटकिय ककनीमा वनभोज तथा अन्य कार्यक्रमका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेको ककनी गापाका अध्यक्ष सुमन तामाङले वताए ।






















































