एकसय ५० विद्यार्थीलाई न्यानो कपडा

– विद्यालयमा पुगेर हस्तान्तरण
लोकखबर
२०८२ मंसिर १२, शुक्रबार २३:०१

बिदुर– नुवाकोटको मैरीटारमा रहेको एक विद्यालयमा अध्ययनरत एकसय ५० जना विद्यार्थीहरुले न्यानो कपडा पाएका छन् । उनीहरुमा अध्ययनप्रति थप हौसला मिलेको छ ।

बिदुर नगरपालिका ३ मैरीटारस्थित चण्डी आधारभुत विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई न्यायो कपडा वितरण गरिएको हो । विद्यालयमा आयोजित एक कार्यक्रममाबीच एकसय ५० जना विद्यार्थीहरुलाई एक/एक सेट न्यायो कपडा वितरण गरिएको हो ।

उक्त विद्यालयमा नर्सरीदेखि कक्षा ८ सम्म अध्ययनरत एकसय ५० जना विद्यार्थीहरुलाई न्यायो कपडा(ट्रयाक सुट) वितरण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कालिका राईको भनाई छ । उनका अनुसार न्यानो कपडा पाएसगैँ विद्यार्थीहरुलाई शिक्षाप्रतिको आकर्षण बृद्धि गराई उनीहरुको शैक्षिक विकासमा सहयोग पुगेको छ ।

यसवाट पारिवारिक आर्थिक अबस्था कमजोर भएका विद्यार्थीहरुका लागी चिसो मौसममा प्रत्यक्ष रुपमा राहत महशुस गरिएको छ । विद्यार्थीहरुलाई विदुर ३ का वडाध्यक्ष बद्रीप्रसाद रिमाल, विद्यालयका अध्यक्ष कालिका राई, वागमति प्रदेश विश्वविद्यालय संरक्षक समिति सदस्य आरपी रिमाल तथा सहयोगी संस्था नविक कोइराला प्रतिनिधिहरुले विदार्थीहरुलाई न्यानो पोशाक हस्तान्तरण गरेका हुन् ।

विद्यालयमा विद्यार्थीहरुलाई न्यायो कपडा वितरणसँगै विद्यार्थीहरु पनि खुशी भएको विद्यालयले जनाएको छ । उक्त संस्थाले आफ्नो सामाजिक कार्यलाई निरन्तरता दिँइने जनाएको छ ।


सर्वाधिक रुचाइएको