पर्यटकिय स्थलमा पक्कि मोटरबाटो पुर्ननिर्माण

– पुर्व मुख्यमन्त्रि तामाङले गरे शिलान्यास
लोकखबर
२०८२ मंसिर १३, शनिबार २३:००

बिदुर– पर्यटन पुर्वाधारसंगै ग्रामीण भेगमा पक्कि मोटरबाटो निर्माण गर्ने योजना अनुसार नुवाकोटको पुर्वी भेगमा पक्कि मोटरबाटोको पुर्ननिर्माण सुरु गरिएको छ । उक्त मोटरबाटोको बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुरसिंह लामातामाङले शिलान्यास गरे । कुल ६ करोड ३२ लाख ७९ हजार पांचसय नौ रुपैयाको लागतमा ३४ किलो ओख्ले भन्ज्याङ वेलकोटगढी सडकको पुर्ननिर्माण सुरु भएको हो । उकालोमा ढलानसहितको पक्कि सडकमार्गको निर्माण सुरु भएको हो ।

तत्काल दुईहजार दुई सय मिटर सडकमा नालीसहितको पक्कि कालोपत्रे, मेस्नरी रिटिनिङ वाल, अस्फाल्ट पिचसहितको निर्माण गरिने पुर्वाधार विकास कार्यालय नुवाकोटले जनाएको छ । वागमति प्रदेश सरकारको वजेटवाट उक्त सडक पुर्ननिर्माण सुरु भएको हो । उक्त सडक योजना आगामी २०८३ साल पुस ३० गतेभित्र निर्माण सम्पन्न हुने जनाइएको छ । सडकको शिलान्यास गर्दै वागमति प्रदेशका पुर्व मुख्यमन्त्रि वहादुरसिह लामातामाङले आफ्नो पालामा उक्त सडकका लागि वजेट विनियोजन गरिएको र यसले विकास तथा पर्यटन पुर्वाधारमा विशेष योगदान दिने वताए ।

वजेट विनियोजन गरेर सडकको पुर्ननिर्माण सुरु गरेको जनाउंदै स्थानीयवासी तथा आयोजक ककनी गापा ४ ओख्लेको पांचकन्या युवा क्लवले लामातामाङलाई ३४ किलोग्राम तौलको माला पहिराएर स्वागत सम्मान गरेको छ । ककनी गापा ४ ओख्लेमा उक्त सडक शिलान्यासका लामालाई आयोजकले बजेट सुनिश्चितता गराएको भन्दै स्थानीय युवा क्लवको आयोजनामा भएको कार्यक्रममा ३४ किलोको मालाले स्वागत गरेका हुन् ।

उनले तोकिएको समयभित्रै योजना पूरा गर्न निर्माण पक्षलाई निर्देशन दिए । कार्यक्रममा बेलकोटगढी नपा १ का वडाध्यक्ष सन्तवहादुर तामाङ, २ का वडाध्यक्ष रामचन्द्र तिमल्सिना, ककनी गापा ४ का वडाध्यक्ष सोनाम लामाका साथै स्थानीय युवाहरु वैकुण्ठवहादुर पाण्डे, जयराम दाहाल, नमराज पाण्डेसहित स्थानीय संघ संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

उक्त ३४ किलो ओख्ले भन्ज्याङ वेलकोटगढी सडक चिम्टेश्वर हुदै वाघखोर लैजाने उद्धेश्यले सो मोटरवाटोको पुर्ननिर्माण सुरु गरिएको हो । बजेट सुनिश्चित भएसँगै सडक पुर्ननिर्माणका लागि कम्पनी सिसन जुरेथुम आरएनएस जेभि छनोट भई सम्झौता अनुसार काम सुरु भएको बताएको छ ।

उक्त निर्माण पूरा भएसँगै ककनी र बेलकोटगढी नगरपालिका २० हजार भन्दा बढी सर्वसाधारणले सुविधा पाउने स्थानीयवासीको भनाई छ । उक्त क्षेत्र नुवाकोटको पुर्वी भेगमा रहेको पर्यटकिय स्थान हो ।


सर्वाधिक रुचाइएको