राप्रपा पालिका अधिवेसन गर्दै

– शिवपुरीमा वुढाथोकी भए अध्यक्ष
लोकखबर
२०८२ मंसिर १४, आईतवार २२:२५

बिदुर-राष्ट्रिय प्रजातन्त्र पार्टीले नुवाकोटमा अधिवृेसन अभिउयान सन्चालन गरेको छ । जिल्ला अधिवेसनको तयारीमाा जुटेको उक्त दलले पहिलो चरणमा पालिका अधिवेसन गरिरहेको छ । उक्त दलको शिवपुरी गाउँपालिका समितिको अधिवेशन सम्पन्न भएको छ । पार्टीका वरिष्ठ नेता तथा पुर्वमन्त्रि डा. प्रकाशचन्द्र लोहनीको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले सुदर्शन बुढाथोकीको अध्यक्षतामा १३ सदस्यीय राप्रपा शिवपुरी कार्यसमिति चयन गरेको हो ।

अधिवेशनले सदस्यहरुमा जनकराज पाण्डे, अर्जुनप्रसाद कँडेल, राजु थापा, भरतप्रसाद पाठक, माधव कँडेल, लालबहादुर सुनार, सुन्दरप्रसाद पाण्डे, भुवन थपलिया, बुद्धिमान तामाड, काइली तामाड, हरिप्रसाद रिमाल र आईतमान तामाडलाई सर्वसम्वत रुपमा चयन गरेको केन्द्रीय सदस्य जनकराज पाठकले जानकारी दिए । उनले अन्य पालिकामा पनि अधिवेसनको तयारी भइरहेको छ ।

प्रमुख अतिथि डा. लोहनीले राप्रपलाई जनतासँग जोड्नका लागि विभिन्न कार्यक्रमहरु गरिएको वताए । उनले ठुला दलहरुका कारण देश जटिल र कठिन अवस्थामा पुगेको आरोप लगाए । अवको निर्वाचनबाट आउने संसदले देशको निकास दिनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य जनकराज पाठकले राप्रपालाई अहिले पनि मुलुकको महत्वपूर्ण शक्ति बनाउन सकिने भन्दै नेता कार्यकर्तालाई निर्वाचनमा हाोमिन आग्रह गरे ।

यसअघि, राप्रपा इकाई अध्यक्ष सुदर्शन बुढाथोकीको अध्यक्षमा सम्पन्न अधिवेसनमा रापपा जिल्ला अध्यक्ष कुलबहादुर खड्गीलगायतले राप्रपालाई जनतामाझ लैजानुपर्नेमा जोड दिए । राप्रपाले नुवाकोटको तारकेश्वर गापामा रामराजा तिमिल्सिना र किस्पाङमा भरत वाइवाको अध्यक्षतामा अधिवेसनमार्फत नयां समिति गठन गरिसकेको छ भने यहि मंसिर २५ गतेभित्र सवै पालिकामा गाउ अधिवेसन गर्ने जनाएको छ ।


सर्वाधिक रुचाइएको