नुवाकोटमा घिसिङको पार्टी स्थापना
बिदुर– उज्यालो नेपाल पार्टी नुवाकोट गठन भएको छ । उर्जा तथा सहरी विकासमन्त्रि कुलमान घिसिङको समर्थन रहेको उक्त पार्टीको सोमवार नुवाकोटको वट्टारमा भएको भेलाले रामकृष्ण राजभण्डारीको संयोजकत्वमा जिल्ला तदर्थ समिति गठन गरेको छ । एक महिना अगाडि गठित उक्त दलवकी केन्द्रीय सदस्य देवकी पौडेलको अध्यक्षतामा सम्पन्न भेलाले पार्टीको जिल्ला समिति गठन गरेको हा ।

इन्जिनियरसमेत रहेका राजभण्डारीको संयोजकत्वमा १७ सदस्यीय उज्यालो नेपाल पार्टी नुवाकोट तदर्थ समिति गठन भएको हो । उक्त भेलाको सोही दलका केन्द्रीय सदस्य डा. बिशाल भण्डारीले उद्घाटन गरेका थिए । उनले देश विकास र परिवर्तनको कार्य यस पार्टीले गर्ने दावी गरे । यसका साथै केन्द्रीय सदस्य डा. बिशाल भण्डारीले बिदुर नपा–४, बट्टारमा जिल्ला पार्टी कार्यालय स्थापना गरे । ब्यानर खोलेर गरि जिल्ला पार्टी कार्यालयको उद्घाटन गरिएको हो ।

अव पालिका तह हुदै वडासम्म संगठन बिस्तार गर्ने संयोजक रामकृष्ण राजभण्डारीले वताए । उनले गाउबस्तीका समस्या पहिचान र समाधानको खोजीको थालनीको अभियान सन्चालन गर्ने र त्यसका लागि परिवर्तन चाहने सम्पुर्ण महानुभावहरुलाई अभियानमा जोडिन संयोजक राजभण्डारीले आव्हान गरे ।












































