बिदुर खानेपानीमा श्रेष्ठ निर्वाचित

– सपथसंगै पदभार ग्रहण
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १५, सोमबार २२:५७

बिदुर– नुवाकोटको सदरमुकाम बिदुर नगर क्षेत्रमा पिउने पानीको वयवस्थापन तथा सहजकिरण गर्दै आएको विदुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको नवौं अधिवेशन सम्पन्न भएको छ । अधिवेसनअन्र्तगत भएको निर्वाचनले आगामी तीन वर्षे कार्यकालका लागि नयां कार्यसमिति चयन गरेको छ ।

अधिवेसनबाट नवनिर्वाचित पदाधिकारी र सदस्यहरुको सोमवार सपथग्रहण तथा पदभार कार्यक्रमसमेत सम्पन्न भएको छ । संस्थाको विदुरस्थित कार्यालयमा सपथग्रहण तथा पदभार कार्यक्रम सम्पन्न गरिएको हो । अधिवेसनअन्र्तगत भएको मतदानवाट विदुर नगरपालिका खानेपानी सरसफाइ उपभोक्ता संस्थाको अध्यक्षमा पुनः सञ्जिवबहादुर श्रेष्ठ भारी मतकासाथ विजयी भएका हुन् । उनी निवर्तमान कार्यसमितिकासमेत अध्यक्ष हुन् ।

उनले आफ्नो पहिलो कार्यकालमा वांकी रहेको पिउने पानीको विभिन्न संरचना निर्माण, वयवस्थापनको कार्य पुरा गर्ने वताए । उनले विदुर नगरका झण्डै चारहजार आठसय सदस्य उपभोक्ताहरुलाई सफा, स्वच्छ र निरन्तर पानी उपलव्ध गराउने प्रतिवद्धता जनाए । अध्यक्षमा विजयी विदुर नपा ४ वट्टारवजारका ५४ वर्षिय श्रेष्ठले आफ्ना प्रतिस्पर्धी हरिशरण गजुरेललाई पराजित गरेका हुन् । विजयी श्रेष्ठले एकहजार तनिसय ७० मत ल्याएर विजयी भएका हुन् ।

पराजित हरिशरणले सातसय ३७ मत प्राप्त गरे । उक्त संस्थाको निर्वाचनमा कुल दुईहजार तीनसय ४६ मत खसेको थियो । तीन दिनसम्म लगातार मतगणना गरि सोमवार विजयी घोषणा, पद तथा गोपनियताको सपथग्रहण र पदभार ग्रहण कार्यक्रम गरिएको हो । संस्थाको उपाध्यक्षमा विदुरका राजेन्द्र पाण्डे एकहजार ६१ मतका साथ विजयी भए ।

उनका प्रतिस्पर्धी नवीन प्रधानले नौसय ६९ मत पाए । सचिवमा रघुनाथ रिमाल एकहजार ६१ म्तका साथ विजयी भए । उनले नौसय २२ मत मात्र पाएका अच्युतराज महन्तगिरीलाई पराजित गरे । कोषाध्यक्षमा अम्विका खनालचित्रकार एकहजार एकसय ६७ मतका साथ विजयी भइन् । उनका प्रतिस्पर्धी संगीता कोइरालाले आठसय २५ मत पाइन् ।

महिला सदस्यहरुमा एकहजार एकसय ३ मत ल्याएर सीता अधिकारी र एकहजार ८५ मत ल्याएर विन्दादेवी सडौला विजजी भइन् । सदस्यहरुमा एकहजार ६६ मत ल्याएर शंकर पाण्डे, एकहजार ४४ मत ल्याएर दीपकवहादुर तिमिल्सिना र नौसय ४५ मत ल्याएर गोविन्दवहादुर अधिकारी विजयी भए । निर्वाचित भएका उपाध्यक्ष राजेन्द्र पाण्डे र सचिव रघुनाथ रिमालवाहेक अन्य पदमा अध्यक्ष सन्जिववहादुर श्रेष्ठ प्यानलका उम्मेदवारहरु हुन् । निर्वाचित नौ जनाले नै पदभार ग्रहण गरिसकेका छन् ।

अध्यक्षमा विजयी श्रेष्ठको पयानललाई नेपाली कांग्रेस र नेकपा एमाले समर्थित उपभोक्ताहरुले साथ दिएका थिए भने अध्यक्षमा पराजित हरिशरण गजुरेल पक्षधर उम्मेलवारहरुलाई नेपाली कम्युनिष्ट पार्टी, राप्रपा, रास्वपा, स्वतन्त्र, जेनजी पुरस्ताले समर्थन गरेको थियो । पद तथा गोपनियताको सपथग्रहण तथा पदभार ग्रहण कार्यक्रममा विदुर नपाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे तथा सरोकारवाला उपभोक्ताहरुको सहभागिता रहेको थियो ।


सर्वाधिक रुचाइएको