वागवानी फार्म दिवसमा किसानहरु सम्मानित

– पुर्व कार्यालय प्रमुखहरुलाई पनि सम्मान
लोकखवर विशेष संवाददाता
२०८२ मंसिर १६, मंगलवार २२:२१

बिदुर– बागवानी विकास कार्यालय नुवाकोटको ६६औँ फार्म दिवस विविध कार्यक्रमसहित मनाइएको छ । उक्त दिवसमा किसानहरुलाई सम्मानित गरिएको छ ।कार्यालयको आयोजनामा मंगलवार त्रिशूलीमका ६६औँ फार्म दिवस सम्मानसहित किसान अन्र्तक्रियालगायत विविध कार्यक्रम गर्दै मनाइएको हो ।

कार्यक्रममा चार जना किसान र चारै जना पुर्व कार्यालय प्रमुखलाईसमेत सम्मानित गरिएको छ । कार्यालयले कृषि तथा फलफुल उत्पादनमा योगदान गरेको जनाउंदै किसानहरु गरवहादुर तामाङ, मेघवहादुर तामाङ, माधवप्रसाद भट्ट र सुकुमान तामाङलार्य सम्मानित गरेको हो ।

कार्यालयको तर्फवाट जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, वागमति प्रदेशको कृषि मन्त्रालयका कृषि सचिव वैकुण्ठ अधिकारी, कृषि विकास निर्देशनालय निर्देशक सुधीर श्रेष्ठ, राष्ट्रिय आलु, तरकारी तथा मसलाबाली विकास केन्द्रका प्रमुख पदमप्रसाद अधिकारी, वागवानी कार्यालयकी प्रमुख रुकमिणी श्रेष्ठलगायतले सम्मानपत्र प्रदान गरि सम्मानित गरे ।

प्रमुख अतिथी जिसस प्रमुख सिंहठकुरीले किसानहरुले उतपादन गरेका ताजा र अर्गानिक फलफुल तथा कृषि उपजको वजारीकरणको जरुरी रहेको वताए । उनले किसानहरुको उत्थान तथा प्रवद्र्धनमा विविध अभियान आवस्यक रहेको वताए ।

कार्यक्रममा पुर्व कार्यालय प्रमुखहरु रविन्द्रकाजी थापा, प्रदीपचन्द्र नेपाल, मोहनवहादुर थापा र श्यामप्रसाद घिमिरेलाईसमेत सम्मानित गरिएको छ । नुवाकोटमा कार्यरत रहंदा कृषि तथा फलफुल खेति प्र्रवद्र्धनमा गरेको कार्यको कदर गर्दै उनीहरुलाई सम्मानित गरिएको कार्यालयले जनाएको छ ।

कार्यक्रममा नुवाकोटमा सुन्तलालगायत मौसम अनुसारका फलफुल तथा तरकारी उतपादनका लागि उपयुक्त हावापानी र भुगोल रहेकोमा यसतर्फ किसानलाई प्रेरित गर्नुपर्नेमा जोड दिइएको छ । कार्यक्रममा किसानहरुलाई आधुनिक खेति प्रविधिको उपयोग, किसानलाई प्रेरणा तथा उत्पादन विस्तारका बारेका सुझाव तथा परामर्शसमेत दिइएको थियो ।


सर्वाधिक रुचाइएको