अपांगता भएकालाई न्यानो सामग्री

– जाडोमा भयो सहजता
लोकखबर
२०८२ मंसिर १७, बुधबार २१:३८

बिदुर– जाडोयाममा सहजताका लागि नुवाकोटको देवीघाटमा अपांगता भएकाहरुलाई न्यानो सामग्री प्रदान गरिएको छ । यसवाट उनीहरु खुसी भएका छन् ।

३४औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसरमा नुवाकोट अपाङ्ग संरक्षण सेवा संस्थाले ६० जना अपाङ्गता भएका व्यक्तिहरुलाई न्यानो कपडा वितरण गरेको हो । बिदुर नगरपालिकाकी उपमेयर प्रभा बोगटी, देवीघाट ज्येष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानका अध्यक्ष विष्णुप्रसाद नेपाल, हिन्दू जागरण नेपालका केन्द्रीय अध्यक्ष रामकृष्ण उपाध्याय आयोजक अपाङ्ग संरक्षण सेवा संस्थाका अध्यक्ष भरतप्रसाद दाहाललगायतले वुधवार न्यानो सामग्री हस्तान्तरण गरे ।

कार्यक्रममा विभिन्न स्थानमा वसोवास गरिरहेका ६० जना अपाङ्गता भएका व्यक्तिहरूलाई न्यानो कपडा स्वेटर र टोपी वितरण गरिएको संस्थाले जनाएको छ । अपांगता भएका व्यक्तिहरुको उत्थान, जागरण तथा संरक्षणका लागि विविध कार्यहरु गरिने आयोजक संस्थाका अध्यक्ष भरतप्रसाद दाहालको भनाई छ ।


सर्वाधिक रुचाइएको