उत्तरगयाधाम सरसफाई

– गापाद्वारा उपकरणमार्फत मर्मत
लोकखबर
२०८२ मंसिर १७, बुधबार २१:४५

बिदुर– पांच महिना अगाडिको विनासकारी वाढीले क्षति पु¥याएको उत्तरगयाधाम मर्मत गरिएको छ । यसवाट भक्तजनहरुलाई सुविधा पुगेको छ ।

नुवाकोट र रसुवाको सिमानामा रहेको प्रसिद्ध वेत्रावतिस्थित उत्तरगयाधाम गत असार २४ र साउन १४ गते त्रिशूली खोलामा आएको बाढीले क्षति गरेपछि वुधवार मर्मत गरिएको हो । विदुर नगरपालिका १० र उत्तरगया गापा ५ को सिमाना वेत्रावति उत्तरगयाका प्रत्येक वर्ष पुसे औंशीका दिन पितृ तर्पण गर्नेहरुको भीड लाग्ने गर्दछ ।

वाढीले गरेको क्षतिको उत्तरगयाधाममा मर्मत तथा सरसफाई गरिएको हो । उत्तरगया गापा कार्यालयले हेभि इक्युपमेण्ट उपलवध गराई उत्तरगयाधाममा मर्मत तथा सरसफाई गरेको हो ।


सर्वाधिक रुचाइएको