विद्यालयमा आगजनी
– प्रशासनिक कक्षमा उपकरणहरु नष्ट
बिदुर-नुवाकोटको पुर्वी भेगमा रहेको एक विद्यालयमा विहीवार विहान आगजनी भएको छ । स्थानीयवासीले घटनाको निष्पक्ष छानविन हुनुपर्ने माग गरेका छन् ।बेलकोटगढी नगरपालिका १३ ढाडफेदीस्थित सुर्यमती माविमा विहीवार विहान २ वजे आगजनी भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सो बिद्यालयको प्रशासन कक्षमा आगलागी हुंदा उपकरणहरु जलेर नष्ट भएका छन् ।

आगोलागी हुदाँ प्रशासन कक्षमा रहेको ७ थान ल्यापटप, १ थान कम्प्युटर, पांच थान प्रिन्टर, दुई थान स्टिल दराज, तीन थान काठको दराज, पांच थान काठको टेबुल, आठ थान कुर्सी तथा महत्वपुर्ण कागजपत्रहरु जलेर नष्ट भएको प्रहरी निरीक्षक वीरवहादुर वुढाऐरले जानकारी दिए । उनका अनुसार उक्त आगोलागीबाट भएको क्षकिो मुल्यांकन भइरहेको छ भने घटना सम्बन्धमा थप अनुसन्धान कार्य सुरु गरिएको छ ।












































